भलिबल संघको अध्यक्ष पदमा निरोज मास्केद्वारा उम्मेदवारी दिने घोषणा • Nepal's Trusted Digital Newspaperभलिबल संघको अध्यक्ष पदमा निरोज मास्केद्वारा उम्मेदवारी दिने घोषणा • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • भलिबल संघको अध्यक्ष पदमा निरोज मास्केद्वारा उम्मेदवारी दिने घोषणा

भलिबल संघको अध्यक्ष पदमा निरोज मास्केद्वारा उम्मेदवारी दिने घोषणा

  • समाचारपाटी
  • बुधबार, साउन १८, २०७९
भलिबल संघको अध्यक्ष पदमा निरोज मास्केद्वारा उम्मेदवारी दिने घोषणा

भदौ २२ गते हुने नेपाल भलिबल संघको निर्वाचनका लागि उपाध्यक्ष निरोज मास्केले अध्यक्ष पदमा उम्मेवारी दिने घोषणा गर्नुभएको छ ।

मास्केले मंगलवार एक कार्यक्रमबीच चुनावी प्रतिवद्धतासहित औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नुभएको हो । वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहनुभएकी मास्केले नेपाली भलिबलको सुशासन, जनसहभागिता र व्यावसायिकता आजको आवश्यकता भन्ने नारासहित अध्यक्ष पदको लागि उम्मेदवारी दिने बताउनु भयो । मास्केले भलिबललाई बिस्तार र विकास गर्दै राष्ट्रिय रुपमा व्यापकता दिने एकमात्र लक्ष्य रहेको बताउनु भयो ।

मास्केले नेपाल भलिबल संघमा केन्द्रिय कार्यसमिति सदस्यको रुपमा प्रवेश गरेलगत्तै पहिलो महिला कमिसनको संयोजकको जिम्मेवारी वहन गरेको अनुभव छ । बीच भलिबलमा महिला कमिसन संयोजक रहनुभएकी मास्केले पहिलो संस्करणको बीच भलिबल पनि सम्पन्न गर्नुभएको छ । संघका पूर्वाध्यक्ष दानबहादुर तामाङले मास्केको आगामी एजेण्डाले भलिबललाई विकास गर्नसक्ने बताउँदै समर्थन दिन आग्रह गर्नुभयो । मास्केले ग्रासरुट, विद्यालय, युथ र सिनियर गरी विभिन्न तहको भलिबल टिमको निर्माण गर्ने, विद्यालय पालिका, जिल्ला, प्रदेश र केन्द्रिय स्तरमा नियमित प्रतियोगिताको आयोजना गर्ने, लिग भलिबललाई प्रदेशसम्म लैजाने तथा केन्द्रमा भलिबलको आफ्नै कभर्डहल र सातै प्रदेशमा भलिबलको पूर्वाधार र एकेडेमी निर्माण गर्ने एजेण्डालाई अगाडि सार्नुभएको छ ।

niraj maske volly

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका