गुणस्तरहीन खाद्य वस्तु बेचेको अभियोगमा १ सय १५ उद्योग फर्म बिरुद्ध मुद्दा दायर • Nepal's Trusted Digital Newspaperगुणस्तरहीन खाद्य वस्तु बेचेको अभियोगमा १ सय १५ उद्योग फर्म बिरुद्ध मुद्दा दायर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गुणस्तरहीन खाद्य वस्तु बेचेको अभियोगमा १ सय १५ उद्योग फर्म बिरुद्ध मुद्दा दायर

गुणस्तरहीन खाद्य वस्तु बेचेको अभियोगमा १ सय १५ उद्योग फर्म बिरुद्ध मुद्दा दायर

  • समाचारपाटी
  • बुधबार, साउन १८, २०७९
गुणस्तरहीन खाद्य वस्तु बेचेको अभियोगमा १ सय १५ उद्योग फर्म बिरुद्ध मुद्दा दायर

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको पत्रकार सम्मेलन

सरकारले गुणस्तरहीन खाद्य वस्तु बेचेर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने १ सय १५ वटा उद्योग फर्म तथा व्यापारीबिरुद्ध मुद्दा दायर गरेको छ ।

मंगलवार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पत्रकार सम्मेलन गर्दै बजार अनुगमन गरी संकलन गरिएका नमूना परीक्षणबाट दोषी देखिएका १ सय १५ उद्योग, फर्म तथा व्यापारीहरुबिरुद्ध मुद्दा दायर गरेको जानकारी दिएको हो । विभागले गत आर्थिक वर्षमा बजार अनुगमन गरी ४ हजार ६ सय ६० वटा नमुना संकलन गरेको थियो । संकलित नमूनामध्ये ५.४२ प्रतिशत मापदण्ड विपरित पाइएको विभागले जनाएको छ । विभागले अनुमगन गर्दा फल तथा सागपातजन्य पदार्थ सबैभन्दा प्रतिकुल पाइएको बताएको छ । पत्रकार सम्मलेन बोल्दै विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले परीक्षणबाट फल तथा सागपातजन्य पदार्थका ६१ वटा नमूना दुषित देखिएको बताउनु भयो । उहाँले खाद्यान्न÷दलहनजन्यका ५३ वटा, प्रशोधित पिउने पानीका २९ वटा, दाना पदार्थका १७ वटा, दुध तथा दुग्ध पदार्थका १५ वटा, तेल तथा घयुजन्यका १४ वटा, चिया कफिका १३ वटा, मसलाका ६ वटा, गुलियो पदार्थका ४ वटा, मासु तथा मासुजन्यको १ र अन्यको ११ वटा गरी जम्मा २ सय २४ वटा नमूनाहरुको परीक्षण प्रतिवेदन प्रतिकुल पाइएको बताउनु भयो ।

उहाँले दुषित खाद्य पदार्थ बेचेको अभियोगमा १ सय १५ वटा मुद्दा दायर गरिएकामध्ये खाद्यान्न एवं दलहन तथा सोबाट बनेका पदार्थका सबैभन्दा धेरै ३० वटा रहेको बताउनु भयो । उहाँले दुध तथा दुग्ध पदार्थका १९ वटा, दानाको १८ वटा, प्रशोधित पिउने पानीका १४ वटा, चिया तथा कफीका ८ वटा मुद्धा दायर गरिएको बताउनु भयो । त्यस्तै,फल तथा सागपातका ७ वटा, मसला पदार्थका ५ वटा, गुलियो पदार्थका ३ वटा, तेल तथा घयुजन्यको २ वटा, सोयाससको १ र अन्य ८ वटाविरुद्ध पनि विभागले जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा मुद्दा दायर गरेको विभागले बताएको छ । गत आर्थिक वर्षमा खाद्य दाना उद्योग, होटल रेष्टुरेण्ट, राजमार्गका होटलमा पनि अनुगनम गरेको थियो । विभागले तत्काल सम्बोधन टोलीअर्थात र्रयापिट रेस्पोन्स टिममाफत कारबाही लगायत ८ हजार ८ सय ६६ पटक निरीक्षण गरेको थियो । विभागले गत बर्षको अवधिमा ७ सय ३ वटा नयाँ उद्योग स्थापना गर्न सिफारिस गरेको छ भने १ हजार ४ सय ८१ वटा उद्योगको अनुज्ञापत्र नवीकरण गरेको छ । यस्तै, विभागले गत आर्थिक वर्षमा ६ सय ३६ वटा होटल रेष्टुरेण्ट समेत अनुगमन गरेको थियो ।

mudha2 mudha3

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका