जुजु फाउण्डेशन सञ्चालनमा, न्ह्यू बज्राचार्य र योगेश्वर अमात्यद्धारा उद्घाटन • Nepal's Trusted Digital Newspaperजुजु फाउण्डेशन सञ्चालनमा, न्ह्यू बज्राचार्य र योगेश्वर अमात्यद्धारा उद्घाटन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • जुजु फाउण्डेशन सञ्चालनमा, न्ह्यू बज्राचार्य र योगेश्वर अमात्यद्धारा उद्घाटन

जुजु फाउण्डेशन सञ्चालनमा, न्ह्यू बज्राचार्य र योगेश्वर अमात्यद्धारा उद्घाटन

  • समाचारपाटी
  • मङ्लबार, साउन १७, २०७९
जुजु फाउण्डेशन सञ्चालनमा, न्ह्यू बज्राचार्य र योगेश्वर अमात्यद्धारा उद्घाटन

काठमान्डौं । आर्थिक अभावका कारण संगीतमा लाग्न चाहनेहरुलाई सहयोग पुर्‍याउने उद्देश्यले काठमान्डौंको गल्फुटारमा जुजु फाउण्डेशन सञ्चालनमा आएको छ । फाउण्डेशनको संगीतकार न्ह्यू बज्राचार्य र गायक योगेश्वर अमात्यले आइतबार उद्घाटन गर्नुभएकाे हाे ।

उद्घाटन कार्यक्रममा बोल्दै गायक अमात्यले आफूले १३ वर्षको उमेरदेखि गाउन सुरु गरेको भए पनि नजिकमा संगीत विद्यालय नहुँदा समस्या भोग्नुपरेको अनुभव सुनाउनुभयाे । विपन्न र असहायका लागि सहयोग गर्ने उद्देश्यले जुजु फाउण्डेशन सञ्चालनमा आएको देख्दा आफूलाई खुसी लागेको उहाँले बताउनुभयाे । संगीतकार बज्राचार्यले जुजु फाउण्डेशनले अधिकतम आफ्नो खर्चमा संगीत सिकाउने र म्युजिक भिडियो बनाएर बजारमा ल्याइदिने कार्य गर्दा धेरै व्यक्तिको उद्धार हुने बताउनुभयाे । यस्ता फाउण्डेशनले लुकेका प्रतिभालाई बाहिर ल्याउन सहयोग गर्ने उहाँले बताउनुभयाे ।

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष एवं संगीतकर्मी सुशील श्रेष्ठ जुजुले संगीतमा विशेष रुचि राख्ने तर आर्थिक अवस्था नाजुक भएकाहरुलाई फाउण्डेशनले सहयोग गरेर अडियो र भिडियो बनाउन मद्दत गर्ने जानकारी दिनुभयाे । गैरनाफामूलक ढंगले सञ्चालनमा ल्याइएको फाउण्डेशन गरिब, असहाय र संगीतमा रुचि राख्ने जो कोहीका लागि पनि एउटा गन्तव्य बन्न सक्ने उहाँको विश्वास छ । फाउण्डेशन करिब ५० लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याइएको हो । सो अवसरमा जुजु क्रियशन स्टुडियोको पनि शुभारम्भ गरिएको थियो ।

yogesor amatya 1 yogesor amatya 2

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका