पाेखरा डिहिकोपाटनमा पहिरोले घर भत्किदा २६ वर्षीय युवककाे मुत्यु • Nepal's Trusted Digital Newspaperपाेखरा डिहिकोपाटनमा पहिरोले घर भत्किदा २६ वर्षीय युवककाे मुत्यु • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • पाेखरा डिहिकोपाटनमा पहिरोले घर भत्किदा २६ वर्षीय युवककाे मुत्यु

पाेखरा डिहिकोपाटनमा पहिरोले घर भत्किदा २६ वर्षीय युवककाे मुत्यु

  • समाचारपाटी
  • मङ्लबार, साउन १७, २०७९
पाेखरा  डिहिकोपाटनमा पहिरोले घर भत्किदा २६ वर्षीय युवककाे मुत्यु

आइतबार बेलुकादेखि परेको अविरल वर्षाका कारण पोखरामा घर माथिबाट आएको पहिरोले घर भत्किदा एक युवकको मृत्यु भएको छ।

पोखरा महानगरपालिका ६ डिहिकोपाटन पँधेरोस्थित लक्ष्मी खड्का क्षेत्रीको ब्लकले बनेको कच्ची घरको कोठा भत्किएर पुरिँदा कास्की माछापुच्छ्रे गाउँपालिका १ भुर्जुङखोला तातोपानी घर भएका हाल उक्त घरमा डेरा गरी बस्दै आएका अन्दाजी २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको कास्की प्रहरी डिएसपी सुन्दर तिवारीले बताउनुभयाे ।

पहीरोले पुरीएर सुनारको घटनास्थलमै मृत्यु भएको थियो । पहिरोमा परी सुनारकी दिदी २७ वर्षीय सुनिता सुनार घाइते हुनुभएकाे थियाे । उहाँको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सुनिताकी १० वर्षीय छोरी सिम्रन सुनारको सकुशल उद्धार गरिएको डिएसपी तिवारीले बताउनुभएकाे ट । पोखरा आसपास लगायतका क्षेत्रमा आइतबार साँझदेखि निरन्तर ठुलो वर्षा भइरहेको छ।

Bin.00 05 09 07.Still019 1 Bin.00 13 29 23.Still017

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका