‘आइसी डिजाइनर रनवे ११’ मा ६१ डिजाइनरका फेशन प्रदर्शन • Nepal's Trusted Digital Newspaper‘आइसी डिजाइनर रनवे ११’ मा ६१ डिजाइनरका फेशन प्रदर्शन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘आइसी डिजाइनर रनवे ११’ मा ६१ डिजाइनरका फेशन प्रदर्शन

‘आइसी डिजाइनर रनवे ११’ मा ६१ डिजाइनरका फेशन प्रदर्शन

  • समाचारपाटी
  • मङ्लबार, साउन १७, २०७९
‘आइसी डिजाइनर रनवे ११’ मा ६१ डिजाइनरका फेशन प्रदर्शन

काठमान्डौँ । ‘आइसी डिजाइनर रनवे ११’ नामक फेशन शो २० अगस्ट (४ भदौ) मा आयोजना हुने भएको छ । भारतबाट ६ अन्तराष्ट्रिय मोडल तथा नेपालमा २४ गरेर ३० मोडलले उक्त शोमा र्याम्प नाप्नेछन् ।

आइसी कलेजले आयोजनामा हुन लागेको फेशन शोका म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले गर्दैछ । नेक्स्ट मोडल्स नेपालले शोका लागि
अडिसनबाछट केही अगाडि २४ मोडल छनौट गरेको हो । होलट याक एण्ड यतिमा आयोजना हुने शोमा आइसी कलेजका ६१ जना फेशन डिजाइनरले तयार पारेका फेशनका डिजाइन र्याम्पमा प्रस्तुत हुनेछ । फेशन डिजाइनर नै आइसी कलेजका १९ औं ब्याजका पास आउट बिद्यार्थी रहेका छन् ।

धेरै बर्षदेखि नियमित आयोजना हुँदै आएको यो फेशन शो यस वर्ष विगतका भन्दा झन् उत्कृष्ट र भब्य बनाउने तयारी भइरहेको म्यानेजमेन्ट जिम्मेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताउनुभयाे ।

‘आइसी डिजाइनर रनवे’ को मुख्य उद्देश्य नेपाली फेशन डिजाइनरको प्रचार प्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेशनका
आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताउनुभयाे ।
फेशन शोको लागि अन्तर्राष्ट्रिय कोरियोग्राफर अभिमन्यु सिंह तोमर समेत नेपाल आउने आयोजकले जनाएको छ ।

fasion 1 fasion2 1 fasion3 1

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका