८ सय ९५ जना कोराना संक्रमित थपिए,काेराेना संक्रमणबाट १ जनाकाे मृत्यु • Nepal's Trusted Digital Newspaper८ सय ९५ जना कोराना संक्रमित थपिए,काेराेना संक्रमणबाट १ जनाकाे मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ८ सय ९५ जना कोराना संक्रमित थपिए,काेराेना संक्रमणबाट १ जनाकाे मृत्यु

८ सय ९५ जना कोराना संक्रमित थपिए,काेराेना संक्रमणबाट १ जनाकाे मृत्यु

  • समाचारपाटी
  • सोमवार, साउन १६, २०७९
८ सय ९५ जना कोराना संक्रमित थपिए,काेराेना संक्रमणबाट १ जनाकाे मृत्यु

काठमान्डौँ । देशभर पछिल्लो २४ घन्टामा ८ सय ९५ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट १ जनाकाे मृत्यु भएकाे छ । पछिल्लो २४ घन्टामा ३ हजार ६ सय ८५ जनाकाे पिसिआर परीक्षण गर्दा ६ सय ३२ र २ हजार २ सय २४ जनाकाे एनटिजेन परीक्षण गर्दा २ सय ६३ जना गरी ८ सय ९५ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ सय ६४ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर ४ हजार ९ सय ३४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

३३ हजार १ सय ७६ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । देशभर ९ लाख ७० हजार ३ सय २६  जना काेराेना मुक्त भएका छन् ।

५ हजार ९ सय ९ जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ६८ पुगेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका