गायक भुमिराजको आधुनिक गीत 'देखेपछि तिमीलाई' सार्वजनिक • Nepal's Trusted Digital Newspaperगायक भुमिराजको आधुनिक गीत 'देखेपछि तिमीलाई' सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गायक भुमिराजको आधुनिक गीत ‘देखेपछि तिमीलाई’ सार्वजनिक

गायक भुमिराजको आधुनिक गीत ‘देखेपछि तिमीलाई’ सार्वजनिक

  • समाचारपाटी
  • सोमवार, साउन १६, २०७९
गायक भुमिराजको आधुनिक गीत ‘देखेपछि तिमीलाई’ सार्वजनिक

 पोखरा । गायक तथा मोडल भुमिराज ढुंगानाको आधुनिक गीत तथा म्युजिक भिडियाे ‘देखेपछि तिमीलाई’ को बिमोचन कार्यक्रम सम्पन्न भएको छ । पोखरा नागढुङ्गा स्थित बाजेको सेकुवाद्धारा सञ्चालित दिब्यश्री बेन्क्यूटमा भएको कार्यक्रममा गायक ढुङ्गाना र शिक्षक एवम समाजसेवी पुर्ण बहादुर गुरुङले विमोचन गर्नुभएको हो ।

गीतमा स्वर भुमिराज ढुंगानाको रहेको छ भने किरण देबकोटाको लय तथा शब्द, विशाल परियारले संगीत संयोजन गर्नुभएकाे छ । भिडियोमा गायक भुमिराज ढुंगाना, अमृता मगर र नारायण मगरको अभिनय रहेको छ । गीतको भिडियोको छाँयाकंन भिम तिमिल्सिनाले गर्नुभएको हो । कलर, ड्रोन, सम्पादन, रेकर्डिङ, मास्टर, मिक्सिङ अनिल शाही ठकुरीले गर्नुभएको हो । म्युजिक भिडियोको निर्देशक र कथा लेखन युवराज गुरुङको रहेको छ ।

कार्यक्रममा युवा व्यवसायी बाजेको सेकुवा पोखराका संचालक एकराज गिरी, लेखुराम खाती, कृष्णटोल आमा समूह अध्यक्ष रुपा के सी लगायतले शुभकामना दिनुभएको थियो । गीतका गायक, कलाकार, प्राविधिक टिम, सहयोगीहरुलाई कार्यक्रमका प्रमुख अतिथी पुर्ण बहादुर गुरुङले प्रसंशा पत्र प्रदान गर्नुभएको थियो ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका