डा. डीआर उपाध्यायलाई दीर्ध साधना सम्मान • Nepal's Trusted Digital Newspaperडा. डीआर उपाध्यायलाई दीर्ध साधना सम्मान • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • डा. डीआर उपाध्यायलाई दीर्ध साधना सम्मान

डा. डीआर उपाध्यायलाई दीर्ध साधना सम्मान

  • समाचारपाटी
  • सोमवार, साउन १६, २०७९
डा. डीआर उपाध्यायलाई दीर्ध साधना सम्मान

काठमान्डौं । साहित्य सरोवर मिडिया प्रा.लिको आयोजनामा सम्पन्न भएको नेशनल आर्टिष्ट अवार्ड समारोह गीतकार डा. डीआर उपाध्यायलाई दीर्घ साधना सम्मान अर्पण गरिएको छ ।

शनिबार काठमान्डौंको प्रज्ञाभवन कमलादिको सिद्धिचरण हलमा सम्पन्न भएको समारोहमा उहाँलाई दीर्घ साधना अर्पण गरिएको हो । उहाँलाई एक लाख नगद राशीसहित सम्मान गरिएको थियो । सो सम्मान कार्यक्रमका प्रमुख अतिथि सांसद तथा राप्रपा का अध्यक्ष राजेन्द्र लिङदेनले प्रदान गर्नुभएको थियो ।

यस्तै समारोहमा मनोनयनमा परेका विभिन्न विद्याका अवार्ड बिजेताहरूलाई  वितरण गरिएको थियो । सो समारोहमा ४० जना विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

dr

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका