इन्स्टा एजुकेशनल कन्सल्टेन्सी एण्ड भिसा सर्विसेजको ब्राण्ड एम्बास्डरमा नम्रता सापकोटा • Nepal's Trusted Digital Newspaperइन्स्टा एजुकेशनल कन्सल्टेन्सी एण्ड भिसा सर्विसेजको ब्राण्ड एम्बास्डरमा नम्रता सापकोटा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • इन्स्टा एजुकेशनल कन्सल्टेन्सी एण्ड भिसा सर्विसेजको ब्राण्ड एम्बास्डरमा नम्रता सापकोटा

इन्स्टा एजुकेशनल कन्सल्टेन्सी एण्ड भिसा सर्विसेजको ब्राण्ड एम्बास्डरमा नम्रता सापकोटा

  • समाचारपाटी
  • सोमवार, साउन १६, २०७९
इन्स्टा एजुकेशनल कन्सल्टेन्सी एण्ड भिसा सर्विसेजको ब्राण्ड एम्बास्डरमा नम्रता सापकोटा

इन्स्टा एजुकेशनल कन्सल्टेन्सी एण्ड भिसा सर्विसेजको ब्राण्ड एम्बास्डरमा नायिका तथा मोडल नम्रता सापकोटा नियुक्त हुनुभएको छ ।

आईतवार एक कार्यक्रमबीच विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै सञ्चालनमा आएको कन्सल्टेन्सी र नायिका नम्रताबीच सम्झौता पत्र आदानप्रदान भएको हो । उहाँ ब्राण्ड एम्बास्डरमा नियुक्त हुनुअघि कन्सल्टेन्सीको नेपाल कार्यालय उदघाटन गरिएको थियो । ब्राण्ड एम्बास्डरमा नियुक्त भएपछि नम्रताले आफूमाथि थप जिम्मेवारी थपिएको बताउनु भयो । उहाँले आफूले बोल्दा कसैको जीवनसँग सम्बन्धित हुने भएकाले राम्ररी बुझेर, सोचेर र सम्झेर मात्र ब्राण्ड एम्बास्डर बन्ने निर्णय गरेको बताउनु भयो । उहाँले उच्च शिक्षाका लागि विदेश जानपरे कल्सलटेन्सीमा आएर बुझन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बाहिर जाने कुरा एउटा व्यक्तिको जीवन र करिअरसँग जोडिन्छ । विदेश जाने निर्णय गर्दा जिन्दगीको स्वर्णिम चिजहरु जम्मा गरेर आफ्नो जिन्दगी अगाडि बढाउनु पर्छ । आजबाट मेरो अझ जिम्मेवारी बढेको महशुस भएको छ । किनभने, अब मेरो हरेक बोलीमा कसैको जीवन र करिअर जोडिएको हुन्छ । त्यसैले यो जिम्मेवारी एकदमै गाह्रो छ । विद्यार्थीहरुलाई सही मार्गनिर्देशन गर्न म सञ्चालकहरुलाई सधैं झक्झकाइरहनेछु ।’

इन्स्टा एजुकेशनल कन्सल्टेन्सी एण्ड भिसा सर्विसेजको अस्ट्रेलियाको सिडनीमा केन्द्रिय कार्यालय रहेको छ । यस कन्सल्टेन्सीबाट अस्ट्रेलियासँगै क्यानडा, अमेरिका लगायतका राष्ट्रमा जान चाहने विद्यार्थीलाई पनि सहजीकरण हुने विश्वास लिएको एजुकेशन कन्सल्टेन्सी एशोसियस अफ नेपाल (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेले बताउनु भयो । उहाँले विद्यार्थीहरुले पनि बाहिर उच्च शिक्षाका लागि अध्ययन गर्न जाँदा सम्बन्धित देशको बारेमा बुझन र कन्लसटेन्सीले बुझाउन आवश्यक रहेको बताउनु भयो ।

कन्सल्टेन्सीको कार्यालय उदघाटन कार्यक्रममा गायक थानेश्वर गौतम, निर्देशक सुव्रतराज आचार्य, गायिका रितु कँडेल लगायतको पनि उपस्थिति थियो ।

Sequence 01.06 00 47 11.Still4716

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका