काठमान्डौँ । देशभर पछिल्लो २४ घन्टामा ६ सय २० जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट १ जनाकाे मृत्यु भएकाे छ । पछिल्लो २४ घन्टामा २ हजार ६ सय ५५ जनाकाे पिसिआर परीक्षण गर्दा ४ सय ९६ र ३ हजार १ सय ९५ जनाकाे एनटिजेन परीक्षण गर्दा १ सय २४ जना गरी ६ सय २० जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ सय ९७ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर ४ हजार ५ सय ६७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।
२५ हजार ४ सय ३६ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । देशभर ९ लाख ७० हजार ६२ जना काेराेना मुक्त भएका छन् ।
५ हजार ८ सय ४६ जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ६७ पुगेकाे छ ।