पोखरा । महिला क्लब पोखराको सातौं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः मिना आचार्यको अध्यक्षतामा ११ सदस्यि नयाँ समिति चयन गरेको छ । जसमा प्रथम उपाध्यक्षमा कमला खनाल, द्वितिय उपाध्यक्षमा सुनिता बराल, सचिवमा सृजना सापकोटा, सहसचिवमा निर्मला बराल , कोषाध्यक्षमा लिला बराल , सदस्यहरुमा ईश्वरी बास्तोला , अम्बिका पौडेल, ख अतिथि पोखरा महानगर पालिकाका वडा नं. ७ का वडा अध्यक्ष राम मोहन आचार्यले वडा नं. ७ मा रहेका सम्पूर्ण सामाजिक संस्थालाई सकृय बन्न आग्रह गर्नुभयाे ।
उहाँले महिला क्लबले स्थापना काल देखि नै सामाजिक कार्य मार्फत आफुलाई समाजमा स्थापित संस्थाको रुपमा परिचित गराउन सफल भएको बताउँदै नयाँ कार्यसमितिले सामाजिक कार्यलाई थप फराकिलो बनाउँदै महानगर भित्रकै उत्कृष्ट संस्था होस भन्ने शुभकामना दिनुभयाे ।
कार्यक्रममा पोखरा ७ का वडा सदस्य अर्जुन थापा , सुनिता सुनार , महिला क्लब पोखराका सल्लाहाकार सविता बराल , श्री कृष्ण मा. वि. व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्वम रेग्मी , नेपाली काँग्रेस पोखरा ७ इकाइ सभापति नविन बराल , महिला विकासका लागि आमा समुहका अध्यक्ष मनमाया बराल लगायतले शुभकामना व्यक्त गरे । कार्यक्रममा संस्थाका सस्थापक अध्यक्ष विष्णुमाया बराल , संस्थापक सदस्य भवानी बराल , महिला क्लबलाई आर्थिक सहयोग गरे वापत सावित्री आचार्य र महिला सशक्तिकरण अभियानका प्रेरणाका स्रोत जेष्ठ नागरिक आमा कमला बराललाई सम्मान गरिएकाे थियाे । कार्यक्रमकै बीच संस्थाका सल्लाहकार सविता बरालले आफ्नी फुपु सासु पद्मकला सापकोटाको स्मृतिमा शैक्षिक अक्षयकोष वापत २५ हजार ५ सय पाँच रुपैयाँ सहयोग गर्नुभयाे । मिना आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत कमला खनाल र संचालन सुनिता बरालले गर्नुभएकाे थियाे । कार्यक्रम पोखरा ७ मासबार स्थित डिज्नील्याण्ड एकेडेमीको सभाहलमा भएको थियो ।