सामुदायिक बिकास केन्द्र, नेपालको १० औँ बार्षिक साधारण सभा सम्पन्न • Nepal's Trusted Digital Newspaperसामुदायिक बिकास केन्द्र, नेपालको १० औँ बार्षिक साधारण सभा सम्पन्न • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सामुदायिक बिकास केन्द्र, नेपालको १० औँ बार्षिक साधारण सभा सम्पन्न

सामुदायिक बिकास केन्द्र, नेपालको १० औँ बार्षिक साधारण सभा सम्पन्न

  • समाचारपाटी
  • आइतवार, साउन १५, २०७९
सामुदायिक बिकास केन्द्र, नेपालको १० औँ बार्षिक साधारण सभा सम्पन्न

गणेश पहारी । पोखरा। सामुदायिक बिकास केन्द्र, नेपालको १० औँ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । केन्द्रको साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल काँग्रेसका केन्द्रिय सदस्य गुरु बरालले विकास केन्द्र अरु संघ संस्था भन्दा पृथक रहेको बताउनुभयाे । संस्थाले समाजमा रहेका आवास विहिन को लागि आवास निर्माण गरि सहयोग गरेकोमा संस्था प्रति खुशि ब्यक्त गर्नुभयाे । गास, बास र कपास नागरिकको नैसंग्रिक अधिकार भएको बताउँदै यस तर्फ राज्य ले ध्यान दिन आग्रह गर्नुभयाे ।

आवास विहिनहरुको लागि विना धितो विना ब्याज आवास निर्माणमा सहयोग गर्ने संस्था टोल छिमेकमा विरलै देख्न पाउछौँ । राज्य बाट गर्नुपर्ने  काम गैरसहकारी संस्था मार्फत गरेकोमा संस्थालाई आफ्नो तर्फबाट पनि सहयोग गर्ने बचन दिनुभयाे । आफु पनि दिन दुखिका लागि सेवा गर्दै आएको स्मरण गर्दै, कर्तब्य निष्ट भई संस्था सगँसगै हातमा हात मिलाई अगाडि बढन आफु तयार रहेको बताउनुभयाे ।

राष्ट्रिय भुमि आयोग कास्कीका प्रवक्ता आश बहादुर गुरुङले नेपाल सरकारले गर्नु पर्ने काम संस्थाले गरेकोमा संस्थाको प्रशंसा गर्दै सरकारको तर्फबाट बास्तबिक भुमि हिन सुकुमबासीहरुको लागत राख्ने काम भइरहेको जानकारी दिनुभयाे । गुरुङले विकास केन्द्र सगँ हातेमालो गर्दै अगाडि बढ्न आफु तयार रहेको बताउनुभयाे ।

नेपाली काँग्रेस कास्की महिला नेत्री सरस्वति गुरुङले बास्तबिक आवास विहिनहरुको लागि आवास बनाउने काममा संस्थाले सहयोग गर्नु पर्नेमा जोड दिदैँ समाजमा रहेका आवास विहिनहरुको पहिचान गरि निस्वार्थरुपमा लाग्न आयोजकलाई आग्रह गर्नुभयाे ।

अध्यक्ष शिराज अधिकारीले समाजमा निम्न आए भएका आवास विहिन परिबारलाई घर मर्मत तथा निर्माणमा सहयोग गर्दै आएका छौँ । विना धितो, विना ब्याज संस्था मार्फत आफ्नो सम्पति बैङ्कमा धितो राखि निस्वार्थ आवास विहिनको लागि घर बनाएको सुनाउनुभयाे । आफुले राज्यबाट पाउनु पर्ने सहयोग नपाएकोमा गुनासो गर्नुभयाे ।

संस्थामा आवद्ध आवास विहिनहरुलाई स्वास्थ्थ सेवामा सहयोग पुर्याउने उदेश्यले निशुल्क स्वास्थ्य विमा गरिएको सचिब गायत्रि फुवाँलले जानकारी दिनुभयाे । केन्द्रलाई सहयोग गर्ने मानुभावहरुलाई सम्मान गरिएको थियो ।

शिबराज आभिकारीको सभाअध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष संगिता पौडेल, सचिव गायत्रि फुवाँल, पोखरा महानगर पालिका वडा न १५ वडा सदस्य सेती माया गुरुङ, सल्लाहकार रामचन्द्र ढुङ्गाना , सदस्य गोर्कण तिवारी, कमला थापा, प्रेम प्रसाद बराल, लगाएतका बक्ताहरुले संस्थाले समाजमा पुर्याएको सहयोगको बारेमा चर्चा गरेका थिए ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका