मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने पक्काः प्रवक्ता महत • Nepal's Trusted Digital Newspaperमंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने पक्काः प्रवक्ता महत • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने पक्काः प्रवक्ता महत

मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने पक्काः प्रवक्ता महत

  • समाचारपाटी
  • आइतवार, साउन १५, २०७९
मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने पक्काः प्रवक्ता महत

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताउनुभएको छ ।

शुक्रवार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रिय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी मंसिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बतउनुभएको हो । उहाँले सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा गर्ने बताउनु भयो । प्रवक्ता महतले देशभरकै प्रेस युनियनलाई जागरुक गरेर आगामी निर्वाचनका लागि लाग्न निर्देशन दिनुभयो । नेपाली काँग्रेसभित्र पार्टीको विचार संस्थागत विचार राख्न चासो नदिने गरेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसमा कसलाई उचाल्ने र कसलाई पछार्ने भन्नेमा नै धेरै चासो हुने गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मंसिर ४ गते त निर्वाचन हुँदैछ । पक्कापक्की छ । केही दिनमा त्यो घोषणा हुन्छ । औपचारिक रुपमा । देशभरकै प्रेस युनियनलाई जागरुक गरेर त्यहाँका पार्टीका साथीहरुसँग समन्वय गरेर हाम्रा विचार र हाम्रा उम्मेलदवारहरुको कुरा तत्काल प्रकाशन गर्ने काममा लाग्नुस । नेपाली काँग्रेसको कमजोरी भनेको प्रचारमा छ । हामी आफनो पार्टीको विचार संस्थागत विचार राख्न चासो राख्दैनौँ । कसलाई उचाल्ने र कसलाई पछार्ने भन्नेमा हाम्रो धेरै चासो र चिन्ता छ । यसमै लाग्ने हो भने हामी आफनो मुल लक्ष्यबाट टाढा हुन्छौँ ।’

प्रवक्ता महतले आफनो आकंक्षा र कुण्ठालाई त्यागेर आगामी निर्वाचनको बारेमा सूचना प्रकाशन गर्न निर्देशन दिनुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका