'चन्द्रागिरीको केबलकार शतप्रतिशत सुरक्षित छ':- चन्द्र ढकाल • Nepal's Trusted Digital Newspaper'चन्द्रागिरीको केबलकार शतप्रतिशत सुरक्षित छ':- चन्द्र ढकाल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘चन्द्रागिरीको केबलकार शतप्रतिशत सुरक्षित छ’:- चन्द्र ढकाल

‘चन्द्रागिरीको केबलकार शतप्रतिशत सुरक्षित छ’:- चन्द्र ढकाल

  • समाचारपाटी
  • आइतवार, साउन १५, २०७९
‘चन्द्रागिरीको केबलकार शतप्रतिशत सुरक्षित छ’:- चन्द्र ढकाल

चन्द्रागिरी केबलकार व्यवस्थापन समितिले चन्द्रागिरीको केबलकार शतप्रतिशत सुरक्षित रहेको बताएको छ ।

शुक्रवार पत्रकार सम्मेलन गरेर समितिले केबलकार शतप्रतिशत सुरक्षित रहेको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय केबलकारको बारेमा सञ्चारमाध्यमहरुमा विभिन्न नराम्रा समाचार प्रकाशित भएको भन्दै चन्द्रागिरीको केबलकार शतप्रतिशत सुरक्षित रहेकाले चढन हिच्किचाउनु नपर्ने बतउनु भयो । केही समयअघि मात्र राष्ट्रिय सभाका अध्यक्ष गेणेशप्रसाद तिमिल्सिना केबलकार चढदा रोकिएपछि सञ्चारमाध्यममा चन्द्रागिरी केबलकारको बारेमा नराम्रा समाचार प्रकाशित भएकोप्रति आफनो ध्यान गएको बताउनु भयो । आम नागरिकलाई केबलकारको बारेमा वास्तविक जानकारी र सूचना दिन नसक्दा यो समस्या आएको उहाँको बुझाइ छ । केबलकारमा समस्या आउने तर ती समस्या तत्काल समाधान हुने बताउनु भयो । बत्ती जाँदा केबलकार रोकिनस्क्ने, रोकिएमा जेनेटरको प्रयोग गरिने र जेनेटर पनि बिग्रिए आपत्कालीन इन्ड्राइभरमार्फत यात्रुलाई गन्तव्यमा ल्याउनसक्ने बताउनु भयो । अध्यक्ष ढकालले केबलकार रोकिँदा सिरानमा रहेका यात्रुलाई बस्न चाहे रिसोर्टको व्यवस्था रहेको र नबस्ने भएपनि गाडीमार्फत तलसम्म ल्याउने व्यवस्था रहेको उल्लेख गर्नुभयो । उहाँले केबलकार भनेको विश्वकै बेस्ट टेक्नोलोजी भएकोले ढुक्क भएर यात्रा गर्न आग्रह गर्नुभयो । केबलकारमा कुनैपनि हिसावले सुरक्षामा कन्जुस्याईं नगरिएको बताउनु भयो । अध्यक्ष ढकालले नेपालमा केबलकारको कुनैपनि घटना हुनु भनेको विश्वको २० हजार र विश्वमा केबलकार उद्योगमा नै प्रश्न उठने कुरा भएको हुँदा सुरक्षामा हेलचेक्राईं नरहेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष ढकालले भन्नुभयो, ‘केबलकार भनेको विश्वकै बेस्ट टेक्नोलोजी हो । यसमा कुनैपनि हिसावले सेफटीको हिसावले कुनैपनि कुराको कन्जुस्याईं गरिएको छैन । नेपालमा केबलकारको कुनैपनि घटना हुनु भनेको विश्वको २० हजार र विश्वमा केबलकार उद्योगमा नै इस्यू आउने हुनाले कुनैपनि हिसावले सुरक्षामा कम्परमाइज गरेको छैन । यो शतप्रतिशत सुरक्षित छ । केबुलकार अप्रेशन तीन चरणबाट चल्ने हुन्छ । एउटा इलेक्ट्रीसिटीबाट, जेनेटरबाट र इमर्जेन्सी ड्राइभबाट हामीले सुरक्षित गन्तव्यमा पुर्याउने गर्दछौँ । हामी तीन वटा सिस्टमबाट गन्तव्यमा पुर्याउन सक्छौँ । हामीले इन्टेशनल्ली केबलकार चढीरहेको बेलामा बत्ती जाँदा के हुन्छ भनेर बन्द गरेर पनि देखायौँ । अहिले केही समयअघि मात्रै राष्ट्रिय सभाका अध्यक्ष चढेको बेलामा रोकिएको थियो । तर केही समयमै यो समस्या समाधान हुन्छ । यदी माथि भएका मानिसलाई के गर्ने भन्ने कुरा आउनसक्छ । माथि भएकालाई बस्न रिसोर्ट छ, खाने व्यवस्था छ, माथिबाट गाडीको एक्सेस पनि छ ।’

सामान्यतयाः विद्युत आपुर्ति बन्द भएको अवस्थामा, पानी,चटयाङ परेको अवस्थामा केवलकार कहिलेकाहीँ अचानक बन्द हुनेगर्छ । चन्दागिरीमा अहिले ३८ ओटा गण्डोला सञ्चालनमा छन । भालेश्वर महादेवको दर्शन गर्न, घुम्न र चन्दागिरीबाट काठमान्डौं उपत्यका नियाल्न दैनिक हजारौँ मानिस चन्द्रागिरी पुग्ने गर्दछन ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका