यु–२० पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत आज नेपाल र भारत भिडदै • Nepal's Trusted Digital Newspaperयु–२० पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत आज नेपाल र भारत भिडदै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • यु–२० पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत आज नेपाल र भारत भिडदै

यु–२० पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत आज नेपाल र भारत भिडदै

  • समाचारपाटी
  • आइतवार, साउन १५, २०७९
यु–२० पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत आज नेपाल र भारत भिडदै

भारतमा जारी साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत आफ्नो तेस्रो खेलमा आज नेपालले साविक विजेता भारतसँग प्रतिस्पर्धा गर्दैछ । भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । भारतबिरुद्ध हुने खेल नेपाली समयानुसार साँझ सवा ७ बजे हुनेछ ।

पहिलो र दोस्रो खेलमा सुखद नतिजा निकालेको नेपालले तेस्रो खेलमा पनि सोही जितलाई निरन्तरता दिन चाहन्छ । भारतलाई हराएर लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनल प्रवेश गर्ने सोचका साथ मैदान उत्रिनेछ । यसअघि भएको उदघाटन खेलमा नेपालले मालिदभ्सलाई ४–० गोल अन्तरले हराएको थियो भने श्रीलंकालाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।

नेपालको २ खेलबाट ६ अंक छ । नेपालले समूहको अन्तिम खेल बंगलादेशसँग मंगलवार खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा गर्नेछन ।

 

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका