चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता सोमवारबाट हुने • Nepal's Trusted Digital Newspaperचौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता सोमवारबाट हुने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता सोमवारबाट हुने

चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता सोमवारबाट हुने

  • समाचारपाटी
  • आइतवार, साउन १५, २०७९
चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता सोमवारबाट हुने

राष्ट्रिय स्क्वास सोमवारबाट हुने

चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता सोमवारबाट हुने भएको छ । नेपाल स्क्वास र्रयाकेटस संघले शुक्रवार पत्रकार सम्मेलन गर्दै साउन १६ देखि २१ गतेसम्म आयोजना हुने जनाएको हो । धनलक्ष्मी महर्जन फाउण्डेशनको आयोजना हुन लागेको प्रतियोगितामा विभन्नि ५ विधामा प्रतिष्पर्धा हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो ।

६ दिने प्रतियोगितामा पुरुष र महिला खुल्ला, मास्टर्स खुला पुरुष ५० वर्ष भन्दा माथि उमेर समूह र जुनियर छात्र खुला तथा प्लेट गरी पाँच विधामा प्रतिष्पर्धा हुने लागेको हो । स्क्वास संघका अध्यक्ष किशोर मर्हजनको आमा स्वर्गीय धनलक्ष्मी महर्जनको सम्झनामा आयोजना हुने प्रतियोगितामा कुल एक लाख ३५ हजार पुरस्कार राशी रहेको छ । प्रतियोगितामा पुरुष तथा महिला खुला, मास्टर खुला पुरुष ५० वर्ष माथि, जुनियर ब्वाइज ओपन तथा प्लेट गरी पाँच विधामा खेलाइने संघले बताएको छ । जुनियर तर्फको उत्कृष्ट खेलाडीलाई संघले विशेष तालिम प्रदान गर्ने समेत जनाएका छ ।

प्रतियोगितामा एक सय बढीको सहभागिता हुने विश्वास आयोजकले गरेको छ । प्रतियोगितामा पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः २५ हजार, १५ हजार र ९ हजार प्राप्त गर्नेछन भने महिलातर्फ १८ हजार, ११ हजार र ७ हजार प्राप्त गर्नेछन । त्यस्तै जुनियरतर्फ १० हजार, ६ हजार र ४ हजार रुपैयाँ प्राप्त गर्नेछन ।

sport2 1 sport3 sport4 1 sport5

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका