'हर्ष वेभ नेपाल’ प्रशिक्षण कार्यक्रम काठमान्डाैँमा सम्पन्न • Nepal's Trusted Digital Newspaper'हर्ष वेभ नेपाल’ प्रशिक्षण कार्यक्रम काठमान्डाैँमा सम्पन्न • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • ‘हर्ष वेभ नेपाल’ प्रशिक्षण कार्यक्रम काठमान्डाैँमा सम्पन्न

‘हर्ष वेभ नेपाल’ प्रशिक्षण कार्यक्रम काठमान्डाैँमा सम्पन्न

  • समाचारपाटी
  • आइतवार, साउन १५, २०७९
‘हर्ष वेभ नेपाल’ प्रशिक्षण कार्यक्रम काठमान्डाैँमा सम्पन्न

काठमान्डाैँ । शुक्रबार काठमान्डाैँमा ‘हर्ष वेभ शो नेपाल’ सम्पन्न भएको छ । रियल इभेन्ट म्यानेजमेन्टको आयोजना, नलेक्स र जिनियस
विजलाईफको सहआयोजनामा कमलादीस्थित नेपाल पज्ञा प्रतिष्ठानमा भएको ‘द हर्ष वेभ नेपाल’ प्रशिक्षण कार्यक्रम भब्यरुपमा सम्पन्न भएको हो । आम सर्वसाधरणलाई पारिवारीक तथा व्यवसायिक जीवनमा सफलता प्राप्त गर्नका लागि आयोजित प्रशिक्षण कार्यक्रममा उद्योगी, व्यवसायी, विद्यार्थी तथा आम सर्वसाधरणको खचाखच उपस्थिति रहेको आयोजकले जनाएको छ ।

उक्त कार्यक्रममा भारतीय प्रशिद्ध ‘मोटिभेस्नल’ वक्ता हर्षवर्धन जैनले प्रशिक्षण दिनुभएकाे थियाे । जैनले राखेको व्यवसायीक तथा पारिवारीक जीवनमा सकरात्मक परिवर्तन ल्याउने खालका विषयका प्रस्तुतीले थप उर्जा मिलेको कार्यक्रमका सहभागीहरुले प्रतिक्रिया दिएका छन् ।
भारतका प्रशिद्ध प्रशिक्षक, मोटिभेस्नल स्पिकर, भविष्यवादी विचार वक्ताका रुपमा आफ्नो छवि बनाएका जैन सोही कार्यक्रमाका लागि पहिलो पटक गत बुधबार नेपाल आउनुभएकाे थियाे ।

कार्यक्रममा नबिल बैंकका पूर्व प्रमुख कार्यकारी निर्देशक अनिल केशरी शाहले प्रेरणात्मक भनाईहरु राख्नुभएकाे थियाे । आफूले आयोजना गरेको ‘द हर्ष वेभ शो’ प्रशिक्षण कार्यक्रम नेपालकै ठूलो कार्यक्रम रहेको कार्यक्रम संयोजक बलिराम यादवले दावी गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘आज हामीले सोचेभन्दा राम्रो कार्यक्रम गर्न सफल भएका छौं । यस्ता खालको अर्को कार्यक्रम छिट्टैनै घोषणा गर्नेछौं ।’

उहाँले कार्यक्रममा सहभागीको उपस्थितीले नेपालमा ‘लर्निङ कल्चर’को विकास हुने क्रममा रहेको आफूहरुले पाएको बताउनुभयाे ।
कार्यक्रममा एक हजार पाँच सय बढीको सहभागिता रहेको कार्यक्रम संयोजक यादवले जानकारी दिनुभयाे । साथै उहाँले कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने सहभागी, प्रशिक्षक, विज्ञानदाता तथा आफ्नो टिमलाई धन्यवाद व्यक्त गर्नुभएकाे छ ।

PHOTO 2022 07 29 19 39 49

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका