'एसपीपीलाई अगाडि नबढाउने निर्णय भइसकेको संसदलाई जानकारी गराउन चाहन्छु':-परराष्ट्रमन्त्री • Nepal's Trusted Digital Newspaper'एसपीपीलाई अगाडि नबढाउने निर्णय भइसकेको संसदलाई जानकारी गराउन चाहन्छु':-परराष्ट्रमन्त्री • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • ‘एसपीपीलाई अगाडि नबढाउने निर्णय भइसकेको संसदलाई जानकारी गराउन चाहन्छु’:-परराष्ट्रमन्त्री

‘एसपीपीलाई अगाडि नबढाउने निर्णय भइसकेको संसदलाई जानकारी गराउन चाहन्छु’:-परराष्ट्रमन्त्री

  • समाचारपाटी
  • शुक्रबार, साउन १३, २०७९
‘एसपीपीलाई अगाडि नबढाउने निर्णय भइसकेको संसदलाई जानकारी गराउन चाहन्छु’:-परराष्ट्रमन्त्री

संसदमा एसपीपीबारे परराष्ट्रमन्त्री खडका

सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई गत साउन ९ गते नै दिएको बताएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा एसपीपीको विषयमा संसदलाई जानकारी दिँदै परराष्ट्रमन्त्री डा.नारायण खडकाले साउन ९ गते नै अमेरिकी सरकारलाई लिखित जानकारी गराएको बताउनु भयो । उहाँले कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाएको बताउनु भयो । परराष्ट्र मन्त्री खडकाले २०७९ असार ६ को मन्त्रिपरिषद बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेता पनि आन्तरिक परामर्श आवश्यक भएकाले केही समय लागेको स्पष्ट पार्नु भयो । उहाँले नेपालको सर्वोच निकाय मन्त्रिपरिषद गरेको निर्णयका विषयमा सांसदहरुले शंका व्यक्त गर्नु अस्वाभिक भएको टिप्पणी गर्नुभयो । मन्त्री खडकाले एसपीपी अगाडि नबढाउने विषयमा नेपाल सरकारको दृष्टिकोण स्पष्ट थियो र रहने दाबी गर्नुभयो । उहाँले गठबन्धन सरकार स्वतन्त्र, सन्तुलित परराष्ट्र नीति सञ्चालनका लागि सक्षम रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ एसपीपीलाई अगाडि नबढाउने मन्त्रीपरिषदबाट निर्णय भइसकेको परिप्रेक्ष्यमा परराष्ट्र मन्त्रालयले कार्यान्वयन गरको व्यहोरा संसदलाई जानकारी गराउन चाहन्छु । यस सम्बन्धमा सांसदहरुबाट व्यक्त भएका धारणाप्रति आभार व्यक्त गर्न चाहन्छु । साउन ९ गते २५ जुलाई २०२२ का दिन कुटनीतिक माध्यमबाट नेपालले एसपीपी अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकार समक्ष पठाएको जानकारी गराउन चाहन्छु । पत्रचारका विषयमा आन्तरिक परामर्स गर्न परेकाले पत्राचार गर्न केही समय लागेको हो । केही मान्य सांसदहरुबाट यो विषयमा संसदमा प्रश्न गर्दै संशय व्यक्त गरेको सुनेको छु । तर यसमा नेपाल सरकारको दृष्टिकोण स्पष्ट थियो र छ । नेपाल सरकार एउटा सार्वभम राष्ट्रको कार्यपालिकाको सर्वोच्च निकायले गरेको निर्णयको विषयमा शंका गर्नु अस्वाभिक नै हुन्छ । विभिन्न निकायहरुबीच छलफल गर्नु परेकाले समय लागेको जानकारी गराउँछु । गठबन्धन सरकार स्वतन्त्र, सन्तुलित परराष्ट्र नीति सञ्चालनका लागि सक्षम रहेको छ ।’

मन्त्री खडकाले सांसद,सभामुख तथा विभिन्न समितिहरुले समेत जानकारी माग गरेकाले संसदमा जानकारी गएको बताउनु भयो । उहाँले विभिन्न निकायहरुबीच एसपीपी अगाडि नबढाउने विषषमा छलफल गर्नु परेकाले केही समय लागेको स्वीकार गर्नुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका