'पशुपतिनाथमा सञ्चालन महायज्ञमा बलात्कार अरोप लागेका व्यक्ति पनि संलग्न छन':-तुम्बाहाङफे • Nepal's Trusted Digital Newspaper'पशुपतिनाथमा सञ्चालन महायज्ञमा बलात्कार अरोप लागेका व्यक्ति पनि संलग्न छन':-तुम्बाहाङफे • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘पशुपतिनाथमा सञ्चालन महायज्ञमा बलात्कार अरोप लागेका व्यक्ति पनि संलग्न छन’:-तुम्बाहाङफे

‘पशुपतिनाथमा सञ्चालन महायज्ञमा बलात्कार अरोप लागेका व्यक्ति पनि संलग्न छन’:-तुम्बाहाङफे

  • समाचारपाटी
  • शुक्रबार, साउन १३, २०७९
‘पशुपतिनाथमा सञ्चालन महायज्ञमा बलात्कार अरोप लागेका व्यक्ति पनि संलग्न छन’:-तुम्बाहाङफे

प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै डा.शिवमाया तुम्बाहाङफे

नेकपा (एमाले) की सांसद डा. शिवमाया तुम्बाहाङफेले बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई महायज्ञमा पुगेर सरकारका मन्त्रीहरुले भेटेको भन्दै आपत्ति जनाउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद डा.तुम्बाहाङफेले पशुपतिनाथ परिसरभित्र सञ्चालन भएको महायज्ञमा अनुयायीमाथि बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सरकारका मन्त्री तथा उच्च पदस्थले भेटेकोप्रति आपत्ति जनाउनु भयो ।

उहाँले गिरीको मुद्दा सुनसरी जिल्ला अदालतमा विचाराधिन अवस्थामा रहेको उल्लेख गर्दै त्यस्तो व्यक्ति रहेको महायज्ञमा सरकारका मन्त्री र महान्यायाधिवक्ता उपस्थित हुनुले नेपाली महिलाले के सोच्ने भन्ने प्रश्न गर्नुभयो । सांसद तुम्बाहाङफेलेले आरोपित गिरीलाई अदालतले साधारण तारिखमा छोडेकोले न्यायाधीशमाथि पनि प्रश्न उठेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘पशुपतिनाथको परिसरभित्र ९ दिने महायज्ञ सञ्चालन भइरहेको भन्ने कुरो सर्वत्र हामीले सुनिरहेका छौँ । सबैतिर चर्चाको विषय बनेको छ । सो महायज्ञमा सुनसरी जिल्ला अदालतमा विचाराधिन रहेको मुद्दासँग गाँसिएका आफनै अनुयायीलाई बलात्कार गरेको अरोप लागेका व्यक्ति पनि संलग्न छन भन्ने कुरा सर्वत्र छरिएको कुरा छ । सबैले बुझेकै कुरा छ । तसर्थ हामीले अदालतमा विचाराधिन मुद्दाको बारेमा भन्नु केही छैन । तर सो मुद्दासँग जोडिएका व्यक्ति कृष्णबहादुर गिरी अथवा सिद्धबाबा भनेर चिन्ने गरिएको छ । ती व्यक्ति जोडिएको जहाँ हाम्रो सरकारका मन्त्री, महान्यायाधिवक्ता समेत सो महायज्ञमा गएर आफनो उपस्थिति जनाउँदाखेरी यो मुलुकका नेपाली महिलाहरुले, नेपाली जनताहरुले के ठानेका छन भन्ने कुरा सोच्ने कि नसोच्ने सरकार पक्षले ? हामीले भनिरहेका छौँ सो मुद्दामा आरोपित व्यक्ति जति बेलासम्म यो मुद्दा फैसला हुँदैन तबसम्म आरोपित व्यक्तिलाई सर्वोच्च अदालत र पुनरावेदन अदालत विराटनगरले पुर्पक्षको लागि थुनामा राख्नु भनेर आदेश दिएको कुरा हामीले सुनेका छौँ । त्यसरी साधारण तारिखमा छोडनुहुन्न भनिरहँदा, अदालतले आदेश दिइरहँदाखेरी अदालतका न्यायाधिशहरुले सादा तारिखमा छोडिरहँदाखेरी न्यायाधीशको आफनो कार्यकुशलतामाथि प्रश्नचिन्ह खडा भएको छ । त्यसैले त्यस विषयमा छानबिन हुन्छ कि हुन्न भनेर हामीले सम्बन्धित पक्षलाई प्रश्न गरेका छौँ ।’

उहाँले आरोपित व्यक्ति शक्ति केन्द्रका मानिसहरुसँग जोडिनुले पीडितलाई मनोवैज्ञानिक असर पर्ने बताउनु भयो । उहाँले यस्तो कदमले पीडितमाथि झनै उत्पीडन हुने उहाँको भनाई छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका