तीजमा नाई बाबा नाई भन्दै आए शिब र देविका
काठमान्डौं । यो वर्षको हरितालिका तिज पर्व नजिकिँदै गर्दा विभिन्न तिज भाकाहरु बजारमा आएका छन् । यसै क्रममा अग्रज गीतकार शिब हमाल र लोक गायिका देविका केसीको नयाँ तिज भाका ‘नाई बाबा नाई’ यतीेबेला बजारमा आएको छ । यो गीतलाई गायिका देविकाले आफ्नै अफिसियल च्यानल ‘देविका केसी’बाट रिलिज गर्नुभएकाे छ । गीतलाई शिब हमालले लेख्नुभएका हाे भने गीतमा संगीत पनि हमालकै रहेको छ । जसमा सुनिल परियारले संगीत संयोजन गर्नुभएकाे छ ।
आफ्नै साथीको दाई मन परेपछि एक युवतीले ती साथीको दाईलाई राखेको प्रेम प्रस्तावमा यो गीत आधारित रहेको गीतकार हमालले बताउनुभयाे,‘नयाँ पुस्तामा पनि तीज पर्वको महत्व जगाउन र उनीहरुलाई आकर्षित गर्न टिन एजरलाई लक्षित गरेर हामीले यो गीत तयार गरेको हो । गीतले राम्रो प्रतिक्रिया पाएको छ ।’ गीतकार हमालले भन्नुभयाे ।
गायिका देविका यतीबेला क्यानडामा छिन् । यो गीत निकै राम्रो बनेको कारण यसपटक आफ्नै च्यानलबाट नाई बाबा नाईको भिडियोलाई रिलिज गरेको देविकाले बताउनुभयाे । बिगत डेढ दशकदेखि तीज गीत निकाल्दै आएकी उहाँले बिगत झै यसपटक पनि तीजलाई लक्षित गरेर यो गीत ल्याएको बताउनुभयाे । गीतकार शिब हमालसँग अघिल्लो गीत धनगढी हिट भएपछि यसपटक फेरी यो मिठो गीत ल्याउने अवसर जुरेको पनि गायिका देविकाले बताउनुभयाे ।
यो तीज गीतको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ । यो भिडियोमा गायिका प्रीति आलेको मुख्य अभिनय रहेको छ । उहाँको नृत्यलाई अहिले दर्शकले निकै मन पराएका छन् । प्रीतिलाई अभिनयमा राजकुमार अधिकारीले साथ दिनुभएकाे छ । भिडियोलाई स्मृती तिमिल्सिना (गुरुआमा)ले निर्देशन तथा कोरियोग्राफी गर्नुभएकाे हाे ।
प्रकाश धमलाले सम्पादन गरेको यो भिडियोलाई राजेश घिमिरेले खिच्नुभएको हाे । भिडियो गायिका देविका केसी स्वयम् पनि साथीहरुसँग गायिकाको रुपमा प्रस्तुत हुनुभएकाे छ । सिन्धुपालचोकको काठ क्षेत्रमा जन्मिए र पूर्वदेखि पश्चिमसम्मका सबै लोक भाका बजारमा ल्याउनुभएकी देविका सबै प्रकारका गीत गाउन सक्ने गायिकाको रुपमा लोकप्रिय हुनुहुन्छ । गायन यात्राको यो दुई दशकमा गोल्डेनको सारी. धनगढीमा किन्याको नयाँ गलबन्दी,बाजी ठोकम आउ,सहित सैयौं हिट गीतहरु उहाँले नेपाली संगीत क्षेत्रलाई दिनुभएकाे छ ।
