नगेन आर्ट एकेडेमीमा बिधायन समितिका सभापति लामिछाने र वडा सदस्य आचार्यको भ्रमण • Nepal's Trusted Digital Newspaperनगेन आर्ट एकेडेमीमा बिधायन समितिका सभापति लामिछाने र वडा सदस्य आचार्यको भ्रमण • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नगेन आर्ट एकेडेमीमा बिधायन समितिका सभापति लामिछाने र वडा सदस्य आचार्यको भ्रमण

नगेन आर्ट एकेडेमीमा बिधायन समितिका सभापति लामिछाने र वडा सदस्य आचार्यको भ्रमण

  • समाचारपाटी
  • शुक्रबार, साउन १३, २०७९
नगेन आर्ट एकेडेमीमा बिधायन समितिका सभापति लामिछाने र वडा सदस्य आचार्यको भ्रमण

पोखरा । घामपानी मार्केट चिप्लेढुङ्गामा रहेको नगेन आर्ट एकेडेमीको गण्डकी प्रदेश बिधायन समितिका सभापति विष्णु प्रसाद लामिछाने र पोखरा महानगर वडा नम्बर १६ का नव निर्वाचित वडा सदस्य रामचन्द्र आचार्यले भ्रमण गर्नुभएको छ ।

विष्णु प्रसाद लामिछाने नेपाली कांग्रेसका गण्डकी प्रदेशका महामन्त्री पनि हुनुहुन्छ । लामिछानेले चित्रकलाको अवलोकन गर्दा उत्साह आएको बताउदैं ललितकलालाई राज्यले वास्ता नगरिरहेको अवस्थामा नगेन आर्ट एकेडेमीको स्थापना प्रशंसा योग्य रहेको बताउनुभयो । उँहाले कलालाई राज्यले सम्मान गर्नुपर्ने र राष्ट्र र समाजले कला चिन्न सकोस् भनि कामना गर्नुभयो ।

रामचन्द्र आचार्य एमालेका वडा नम्बर १६ का वडा सचिव हुनुहुन्छ । आचार्यले यस एकेडेमीले कला विकासमा सहयोग पुग्ने आशाँ व्यक्त गर्दै
एकेडेमीको सफलताको कामना गर्नुभयो । उहाँले कला के हो सबैले बुझ्न जरुरी रहेको र कलाको विकास हुनु जरुरी रहेको बताउनु भयो ।

विश्वकला यात्री नगेन सिँहले अब ललितकला बिकास बोर्डको आवश्यक रहेको बताउँदैं कलाकार राष्ट्रका गहना होइनन् अभिन्न अंगका रुपमा घोषणा गर्नुपर्ने माग राख्नुभयो ।

नगेन आर्ट एकेडेमीका कार्यक्रम सयोंजक प्रमिशा सिलवालले पोखरामा कलाको एकेडेमी खोलेर दक्ष कलाकार उत्पादन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको बताउँदै राज्यले कला तथा कलाकारको सम्मान गर्नुपर्ने बताउनुभयो ।

295643445 615595003326543 8113526094125429726 n 295665378 487747426492774 6148593370243245087 n

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका