साउन १३ र १४ गते पोखरामा ‘मेट्रो मेयर मिट नेपाल’ हुने • Nepal's Trusted Digital Newspaperसाउन १३ र १४ गते पोखरामा ‘मेट्रो मेयर मिट नेपाल’ हुने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • साउन १३ र १४ गते पोखरामा ‘मेट्रो मेयर मिट नेपाल’ हुने

साउन १३ र १४ गते पोखरामा ‘मेट्रो मेयर मिट नेपाल’ हुने

  • समाचारपाटी
  • बिहिबार, साउन १२, २०७९
साउन १३ र १४ गते पोखरामा ‘मेट्रो मेयर मिट नेपाल’ हुने

पोखरामा देशभरका ६ महानगरका मेयर भेला हुने भएका छन । आगामी साउन १३ र १४ गते पोखरामा ‘मेट्रो मेयर मिट नेपाल’ हुने भएको हो । सम्मेलनमा ६ महानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहनेछ । सम्मेलनमा महानगर सञ्चालनका विद्यमान कानून र आवश्यक सुधारका बारेमा छलफल गर्न तथा अनुभव आदानप्रदान गर्नका लागि कार्यक्रम राखिएको पोखराका मेयर धनराज आचार्यले बताउनु भयो । पहिलो दिन लेकसाइडस्थित होटल बाराहीमा भेला भई सराङकोटस्थित सराङकोट माउण्टेन लजमा सहभागी पुग्नेछन । जसमा संघीयता, महानगर र अबको बाटोबारे राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलको मुख्य प्रश्तुति रहनेछ । यस्तै, पोखरासहित काठमान्डौ, विराटनगर, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिकाका प्रमुखहरुले आफना महानगरका मुख्य योजना तथा कार्यान्वयनका चुनौतीबारे सम्बोधन गर्नेछन । महानगरका उपप्रमुखबाट ऐनले निर्दिष्ट गरेका जिम्मेवारी सम्बन्धमा अनुभव तथा सिकाइ आदानप्रदान हुनेछ भने महानगरका प्रमुख प्रशासकीय अधिकृतले विद्यमान ऐन, कानून र तिनका कार्यान्वयनका चुनौतीबारे मन्तव्य राख्नेछन । साथै दोस्रो दिन महानगरको साझा सवालबारे संश्लेषण, महानगरमा पूर्वाधार विकास तथा सुशासनबारे पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले प्रश्तुति राख्नुहुनेछ । यस्तै, महानगरमा हरित, उत्थानशील तथा समावेशी विकासको अपरिहार्यता सम्भावना र चुनौतीबारे छलफल हुनुको साथै महानगरका साझा सवाल तथा आगामी कार्यदिशा विषयमा छलफल हुने पोखरा महानगरका प्रमुख आचार्यले बताउनु भयो । उहाँले महानगरबीचका काम र सम्भावनालाई उजागर गर्ने कुरामा पनि छलफल हुने बताउनु भयो । मेयर आचार्यले अनुभवी मेयरले भोगेका समस्या र समाधानका उपाय र नयाँ जनप्रतिनिधिबाट आउने योजनाका बारेमा विस्तृत छलफल हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘महानगरपालिकाहरु स्वभाविक हिसावले जनसंख्या पनि बढी भएको, वडाहरु पनि धेरै भएको, नेपाल सरकारको स्थानीय तहलाई सबैलाई हेर्ने एकै खालको ऐन, नियमहरु भएको अवस्थामा केही विषयहरु अन्योलपूर्ण छन । कतिपय संघसँग छन, कतिपय प्रदेशसँग छन । हामीले भोगेका समस्याहरु के हुन ? हामीले के खालको सुझाव दिन सकिन्छ ? र हाम्रा कामलाई सहजीकरण गर्नसक्छौँ भनेर हाम्रा अनुभवहरु शेयर गर्नको लागि हो । महानगरको पूर्वाधार विकासमा के खालको विकास गर्नसक्छौँ भन्ने कुराको छलफल गर्नको लागि हो । यसलाई हरेक वर्ष गर्ने गरेर तयार गरिरहेका छौँ ।’

अन्त्यमा, पोखरा घोषणापत्र जारी गर्दै सम्मेलन सकिनेछ । गत वैशाख ३० को स्थानीय तह निर्वाचनबाट आगामी ५ वर्षका लागि देशभरका स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएका छन ।

 

 

FINAL.00 15 12 20.Still1249 FINAL.00 15 21 05.Still1248 FINAL.00 15 39 11.Still1247

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका