नेपाल–बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक शुरु • Nepal's Trusted Digital Newspaperनेपाल–बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक शुरु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपाल–बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक शुरु

नेपाल–बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक शुरु

  • समाचारपाटी
  • बिहिबार, साउन १२, २०७९
नेपाल–बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक शुरु

नेपाल–बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक काठमान्डौँमा शुरु भएको छ ।

झन्डै १५ वर्षपछि नेपाल र बंगलादेश बीच जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक बसेको हो । अघिल्लो बैठक सन २००८ को फेबु्रअरी २६ देखि २९ सम्म भएको थियो । दुई दिन चल्ने बैठकमा जलस्रोतको उपयोग तथा बाढी नियन्त्रण सम्बन्धी मुख्य एजेण्डामा छलफल हुने बताइएको छ ।

बैठकमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सागर राई तथा बंगलादेशको तर्फबाट जलस्रोत मन्त्रालयका वरिष्ठ सचिव कवीरविन अनवरले नेतृत्व गर्नुभएको छ । बैठकमा जलवायु परिवर्तनको मुद्दा एवं जल तथा मौसम सम्बन्धी तथ्यांकहरूको आदान–प्रदानका विषयमा पनि छलफल हुने बताइएको छ ।

Raw.00 00 15 13.Still004 Raw.00 00 24 19.Still006 Raw.00 00 28 04.Still007 Raw.00 00 31 12.Still008 Raw.00 00 35 10.Still009 Raw.00 00 39 08.Still010 Raw.00 00 47 22.Still012

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका