सामुदायिक प्रहरीको सक्रियतामा बौद्धमा गाँजा फडानी • Nepal's Trusted Digital Newspaperसामुदायिक प्रहरीको सक्रियतामा बौद्धमा गाँजा फडानी • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • सामुदायिक प्रहरीको सक्रियतामा बौद्धमा गाँजा फडानी

सामुदायिक प्रहरीको सक्रियतामा बौद्धमा गाँजा फडानी

  • समाचारपाटी
  • बिहिबार, साउन १२, २०७९
सामुदायिक प्रहरीको सक्रियतामा बौद्धमा गाँजा फडानी

मुना न्यौपाने, काठमान्डौँ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र,बौद्धको सक्रियतामा काठमान्डौँ महानगरपालिका वडा नं. ५, चुच्चेपाटी हायत् रिजेन्सी होटल परिसरमा रहेको गाँजा फडानी कार्य सम्पन्न भएको छ ।

हायत् रिजेन्सी होटलको चौरमा अनाधिकृत रुपमा उम्रिएका गाँजालगायतको बोटविरुवाहरुलाई सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र,को सक्रियतामा स्थानीय संघसंस्थाका प्रतिनिधिहरु नेपाल प्रहरी समेतको सहभागितामा उक्त गाँजा फडानी गरिएको सामुदायिक सेवा केन्द्रका अध्यक्ष वीरबहादुर वाइवाले बताउनुभयो ।

बिहान पानी परेका कारण सामान्य अवरुद्ध पुगेता पनि विहान ८ः०० बजेदेखि हामीले गाँजा फडानी कार्य गरेको हौँ, स्थानीयबासी र हायत रिजेन्सी होटलको समेत अनुरोधमा उक्त गाँजा क्षेत्र फडानी गरेका हौँ,सामुदायिक प्रहरी सेवा केन्द्रका इञ्चार्ज शान्ति राईले बताउनुभयो ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा,बौद्धको सक्रियतामा शान्तिसुरक्षा, ट्राफिक सचेतना कार्यक्रम तथा विद्यालयस्तरीय चेतनामूलक कार्यक्रमहरु समय–समयमा गरिँदै आएको केन्द्रका अध्यक्ष बाइबाले बताउनुभयो ।

 

community police work 1 community police work 2 community police work 3 community police work 4

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका