बरिष्ठ अधिकृत केसीलाई राष्ट्रिय खेलकुद परिषदद्धारा बिदाई • Nepal's Trusted Digital Newspaperबरिष्ठ अधिकृत केसीलाई राष्ट्रिय खेलकुद परिषदद्धारा बिदाई • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बरिष्ठ अधिकृत केसीलाई राष्ट्रिय खेलकुद परिषदद्धारा बिदाई

बरिष्ठ अधिकृत केसीलाई राष्ट्रिय खेलकुद परिषदद्धारा बिदाई

  • समाचारपाटी
  • बिहिबार, साउन १२, २०७९
बरिष्ठ अधिकृत केसीलाई राष्ट्रिय खेलकुद परिषदद्धारा बिदाई

राष्ट्रिय खेलकुद परिषदद्धारा अनिवार्य अवकाश प्राप्त बरिष्ठ अधिकृत बज्र बहादुर केसी लाई बुधबार एक कार्यक्रमका बीच सदस्य सचिव टंकलाल घिसिङले खादा, अविर र मायाको चिनो प्रदान गर्दै बिदाई गर्नुभएकाे छ ।

कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङले केसी को आगामी दिनको लागि शुभकामना दिंदै परिषद्को पक्षमा रहेर सकारात्मक सोचका साथ आगाडी बढ्ने कर्मचारीको रुपमा पाएको र आगामी दिनमा पनि खेलकुद क्षेत्रले केसी को अनुभवलाई उपयोग गर्नेमा आफु बिश्वस्त रहेको बताउनुभयाे । उहाँले परिषदमा कर्मचारीहरुले अन्यायपूर्ण जीवन विताईरहेको भन्दै आफु सदा कर्मचारीको साथमा रहने बताउनुभयाे ।

बिदाईका क्रममा  केसी ले ३० औं बर्ष खेलकुदमा कार्य गर्दा सेवाका क्रममा केहि तिता, नमिठा कुराहरु भएमा त्यसलाई आत्मसाथ नगर्न र आफुले पनि त्यसलाई सेवाका क्रममा भएको क्रियाकलापको रुपमा लिएको भन्दै अनिवार्य अवकासका कारण सेवाबाट बाध्यात्मक विदाई भएता पनि खेलकुदबाट टाढा नरहने बताउनुभयाे ।

शुभकामना सहित बिदाई दिने क्रममा तालिम तथा प्रशिक्षण विभागका बरिष्ठ प्रशिक्षक अर्जुन बहादुर बि. क. ले अनिवार्य अवकासका कारण विदाई भएता पनि केसी खेलकुदबाट टाढा नरहने बताउनुभयाे ।

कर्मचारीहरुको तर्फबाट संघका अध्यक्ष रञ्जन थापाले सेवाका क्रममा केसी संगको सम्वन्ध आत्मिय भएको भन्दै आगामी समय सफलतापूर्वक बितोस भन्दै शुभकामना ब्यक्त गर्नुभयाे ।

खेलकुद विकास विभागका प्रमुख रहनुभएका केसी २०४७ असाेज ९ गते नायव सुब्बाको रुपमा परिषदको प्रशासनिक सेवामा प्रवेश गर्नुभएकाे थियाे । परिषद् अन्तरगत विभिन्न शाखा तथा विभागमा रहेर काम गरेका केसी को २०५४ असाेज १५ गते अधिकृतमा बढुवा भएको थियो । यस्तै २०६३ पौष २१ गते द्वितीय श्रेणीमा बढुवा हुनुभएका उहाँ २०७९ आषाढ १२ गते प्रथम श्रेणीमा बढुवा हुनुभएकाे थियाे ।

MB2A6925 MB2A6928

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका