नेपाली यु–२० टोली आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दै • Nepal's Trusted Digital Newspaperनेपाली यु–२० टोली आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपाली यु–२० टोली आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

नेपाली यु–२० टोली आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

  • समाचारपाटी
  • बुधबार, साउन ११, २०७९
नेपाली यु–२० टोली आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

भारतमा जारी साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्न लागेको हो । श्रीलंकाबिरुद्ध हुने खेल नेपाली समयानुसार साँझ सवा ७ बजे हुनेछ । पहिलो खेलमा सुखद शुरुवात गरेको नेपालले दोस्रो खेलमा पनि निरन्तरता दिन चाहन्छ । श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्दै फाइनल प्रवेशका साथ बलियो आधार बनाउन चाहन्छ । यसअघि सोमवार भएको उदघाटन खेलमा नेपालले मालिदभ्सलाई ४–० गोल अन्तरले हराएको थियो ।

तर, श्रीलंकाविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन । किनभने नेपालबिरुद्ध मैदान उत्रँदा श्रीलंका पहिलो जितको खोजिमा हुनेछ । पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १–० गोल अन्तरले हराएको थियो । पहिलो खेलमा नतिजा सुम्पिएको श्रीलंका दबाबका बीच सुखद नतिजाको पक्षमा हुनेछ । नेपाली टोली आज श्रीलंकासँग हुने खेलका लागि तयार भएको कप्तान आयुष घलानले बताउनु भयो । सहायक प्रशिक्षक बालगोपाल साहुखलाले पनि दोस्रो खेलका लागि नेपाल तयार भएको प्रतिक्रिया दिनुभयो । च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता छ । नेपालले श्रीलंकापछि तेस्रो खेलमा भारतसँग आगामी आईतवार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलवार हुनेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा गर्नेछन ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका