फिलिपिन्समा गएको शक्तिशाली भूकम्पमा परेर ४ जनाको मृत्यु • Nepal's Trusted Digital Newspaperफिलिपिन्समा गएको शक्तिशाली भूकम्पमा परेर ४ जनाको मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • फिलिपिन्समा गएको शक्तिशाली भूकम्पमा परेर ४ जनाको मृत्यु

फिलिपिन्समा गएको शक्तिशाली भूकम्पमा परेर ४ जनाको मृत्यु

  • समाचारपाटी
  • बुधबार, साउन ११, २०७९
फिलिपिन्समा गएको शक्तिशाली भूकम्पमा परेर ४ जनाको मृत्यु

काठमान्डौं । फिलिपिन्समा गएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा पनि ४ जनाको मृत्यु भएको छ । ६० जना भन्दा धेरै घाइते भएका छन् ।

उत्तरी लुजोन टापुमा केन्द्रबिन्दु बनाएर बिहान ७ म्याग्निच्युटको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

भूकम्पबाट लुजोन टापुको अब्रा प्रान्त सबैभन्दा धेरै प्रभावित भएको छ । उद्धारकर्ताहरुले भत्किएका संरचनामा पुरिएकाहरुको खोजी तथा उद्धार जारी राखेका छन् ।

भूकम्पको धक्का जापान, ताइवान र चीनमा समेत महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका