‘तथ्यांकमा के देखिन्छ भने तथ्यांक जहिल्यै संघीय हिसावले लिने गरिन्छ':-अञ्जना विशंखे • Nepal's Trusted Digital Newspaper‘तथ्यांकमा के देखिन्छ भने तथ्यांक जहिल्यै संघीय हिसावले लिने गरिन्छ':-अञ्जना विशंखे • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • ‘तथ्यांकमा के देखिन्छ भने तथ्यांक जहिल्यै संघीय हिसावले लिने गरिन्छ’:-अञ्जना विशंखे

‘तथ्यांकमा के देखिन्छ भने तथ्यांक जहिल्यै संघीय हिसावले लिने गरिन्छ’:-अञ्जना विशंखे

  • समाचारपाटी
  • बुधबार, साउन ११, २०७९
‘तथ्यांकमा के देखिन्छ भने तथ्यांक जहिल्यै संघीय हिसावले लिने गरिन्छ’:-अञ्जना विशंखे

संसदमा अञ्जना विशंखे

नेकपा (माओवादी केन्द्र) की सांसद अञ्जना विशंखेले सरकारले वास्तविक तथ्यांक आउने गरेर विधेयक ल्याउन आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा सरकारले संसदमा प्रस्तुत गरेको तथ्यांक विधेयकमाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले तीन तहकै सरकारले तथ्यांकलाई व्यवस्थित गर्ने र जिडीपी ग्रोथको बारेमा अझ व्यवस्थित ढंगले तथ्यांक विधेयक ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको तथ्यांक मिथ्यांक भइरहेको भन्दै उहाँले यो विधेयकले मिथ्या तथ्यांकलाई व्यवस्थित गर्न सक्नुपर्ने बताउनु भयो ।

सांसद विशंखेले भन्नुभयो, ‘तथ्यांकमा के देखिन्छ भने तथ्यांक जहिल्यै संघीय हिसावले लिने गरिन्छ । त्यसलाई व्यवस्थित ढंगले तीन तहको सरकारमा तलैसम्म तथ्यांकलाई व्यवस्थित गर्ने र जिडीपी ग्रोथको बारेमा अझ व्यवस्थित ढंगले भन्नको निमित्त यो तीन सरकारको संरचनामा कसरी काम गराउन सकिन्छ भन्ने बारेमा पनि तथ्यांकको विषय आउन जरुरी छ । नेपालको तथ्यांक मिथ्यांक पनि भइरहेको छ, यो विधेयकले व्यवस्थित गराओस भन्ने लाग्छ । नेपालमा दलित समुदाय २० प्रतिशत छन भनेर गैरसरकारी संस्थाले जहिल्यै भनिरहेको छ । तर हाम्रो सरकारको आँकडामा १३ प्रतशित भन्नेछ । तथ्यांक विधेयकले संरचनागत ढंगले कसरी हल गर्ने ? र सत्यतथ्य कसरी ल्याउने ? यसमा सोच्नुपर्छ । हामीले नेपाल हिन्दुराष्ट्र हो र ८०÷९० प्रतिशत हिन्दुहरु छन भन्ने गरिन्छ । तर डेटा अर्कोतिर अरु अरु धर्मावलम्वी र अरुको डेटा लिने हो भने ८० प्रतिशत पुग्दैन । तथ्यांक विभागले फर्महरु बनाउँदै वास्तविक तथ्यांक कसरी ल्याउने भन्ने बारेमा सोच्नुपर्छ । तथ्यांक विधेयक सबै जातजाती, समुदायलाई हुने गरेर ल्याउनुपर्छ ।’

सांसद विशंखेले नेपालमा वास्तविक तथ्यांक नहुँदा कठिनाइ आइरहेको भन्दै तथ्यांक विभागले फर्महरु बनाउँदै वास्तविक तथ्यांक ल्याउन आवश्यक भएको बताउनु भयो ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका