प्रदिप त्रिपाठी र लक्ष्मी कुमारी कार्कीको स्वर रहेको “किन्देउ माया किन्देउ” सार्वजनिक • Nepal's Trusted Digital Newspaperप्रदिप त्रिपाठी र लक्ष्मी कुमारी कार्कीको स्वर रहेको “किन्देउ माया किन्देउ” सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्रदिप त्रिपाठी र लक्ष्मी कुमारी कार्कीको स्वर रहेको “किन्देउ माया किन्देउ” सार्वजनिक

प्रदिप त्रिपाठी र लक्ष्मी कुमारी कार्कीको स्वर रहेको “किन्देउ माया किन्देउ” सार्वजनिक

  • समाचारपाटी
  • मङ्लबार, साउन १०, २०७९
प्रदिप त्रिपाठी र लक्ष्मी कुमारी कार्कीको स्वर रहेको “किन्देउ माया किन्देउ” सार्वजनिक

हिन्दू नारीहरूकाे महान पर्व हरितालिका तीज नजिकिदै गर्दा धेरै कलाकारहरुको आ-आफ्नो तीज गीत पनि बजारमा सार्बजनिक गरिरहेका छन् । सोही क्रममा तीज बिशेष नयाँ गीत “किन्देउ माया किन्देउ” सार्वजनिक भएको छ ।

यस गीतमा प्रदिप त्रिपाठी, लक्ष्मी कुमारी कार्की (बताला) को स्वर रहेको छ, भने अस्मिता डल्लाकोटीको शब्द, प्रदिप त्रिपाठीको संगीत रहेको छ ।

करण साउदको निर्देशन रहेको गीतमा सुरेश कोलिको कोरियोग्राफी, रमित बोहराको छायांकन, बिनोद बमको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा चर्चित मोडलद्वय मञ्जिता केसि र टीका जैसिको अभिनय रहेको छ भने भुवन भट्टराई र सुरेश कोलिले अभिनयमा साथ दिएका छन् । सो गीतलाई प्रदिप त्रिपाठी अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका