कर्मचारीको आन्दोलनका कारण इनरुवा नगरपालिकाकाे काम १० दिनदेखि ठप्प • Nepal's Trusted Digital Newspaperकर्मचारीको आन्दोलनका कारण इनरुवा नगरपालिकाकाे काम १० दिनदेखि ठप्प • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • कर्मचारीको आन्दोलनका कारण इनरुवा नगरपालिकाकाे काम १० दिनदेखि ठप्प

कर्मचारीको आन्दोलनका कारण इनरुवा नगरपालिकाकाे काम १० दिनदेखि ठप्प

  • समाचारपाटी
  • मङ्लबार, साउन १०, २०७९
कर्मचारीको आन्दोलनका कारण इनरुवा नगरपालिकाकाे काम १० दिनदेखि ठप्प

स्थानीय तहमा चुनिएका नवनिर्वाचित पदाधिकारीहरुले करारमा आफना मान्छेलाई राखेको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन ।

सुनसरीको इनरुवा नगरपालिकाका करार कर्मचारीहरु गत १० दिन यता निर्वाचित जनप्रतिनिधिले आफना मान्छे बाहेक अरुलाई निकालेको भन्दै आन्दोलन गरेका हुन । कर्मचारीको आन्दोलनका कारण इनरुवा नगरपालिकाको कामकाज १० दिनदेखि ठप्प बनेको छ । करार सेवामा रहेका कर्मचारी कटौतीमा रहेका कर्मचारी आन्दोलनमा उत्रिँदा नगरसहित वडाको कामकाज प्रभावित बनेको छ । कार्य मूल्यांकनको आधार देखाउँदै ५७ जना कर्मचारी कटौती गरेको विषयलाई लिएर निस्कासनमा परेका कर्मचारीहरुले आन्दोलन गरिरहेका छन । निस्कासनमा परेका कर्मचारीहरुले राजनैतिक स्वार्थ र पहुँचका आधारमा आफना बाहेककालाई हटाइएको आरोप लगाएका छन ।

नगरपालिकाका मेयर केदार भण्डारीले नगरपालिकालाई त्यति धेरै कर्मचारीको आवश्यक्ता नपरेकोले हटाएको बताउनु भयो । उहाँले नगरपालिकाले आर्थिक भार व्यहोरेर त्यत्तिका मात्रामा कर्मचारी राख्न नसक्ने बताउनु भयो । उहाँले करार म्याद थप नहुने दाबी गर्नुभयो ।

इनरुवा नगरपालिकाले सूचना प्रकाशित गर्दै साउनको १ गतेबाट लागू हुनेगरी ५७ जना कर्मचारीको म्याद थप नहुने जनाएको थियो । नगरपालिकाले ५७ जनालाई हटाएपनि करार सेवाकै ७९ जना कर्मचारीको भने म्याद थप गरेको छ । विवादको समाधानका लागि मेयर भण्डारीले भने २० गतेसम्मको समय माग गर्नुभएको छ ।

 

an2 andolan andolan2

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका