पश्चिम तराईका थारु समुदायले देवतालाई मनाउन पुरानै संस्कार अपनाउँदै • Nepal's Trusted Digital Newspaperपश्चिम तराईका थारु समुदायले देवतालाई मनाउन पुरानै संस्कार अपनाउँदै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पश्चिम तराईका थारु समुदायले देवतालाई मनाउन पुरानै संस्कार अपनाउँदै

पश्चिम तराईका थारु समुदायले देवतालाई मनाउन पुरानै संस्कार अपनाउँदै

  • समाचारपाटी
  • मङ्लबार, साउन १०, २०७९
पश्चिम तराईका थारु समुदायले देवतालाई मनाउन पुरानै संस्कार अपनाउँदै

पश्चिम तराईका थारु समुदायले देवतालाई मनाउन पुरानै संस्कार अपनाउँदै आएका छन ।

बर्खामा पानी नपरेपछि थारु समुदायका मानिसहरुले पुरुषहरुले महिलाको पोषाक लगाउने र महिलाहरुले पुरुषको पोषाक लगाएर गाईया बेहेर्न अर्थात गाई छेक्ने चलन छ । देवताहरुलाई मनाउन आफनो परम्परा अनुसार हरेक जातिहरुको संस्कार र पूजा गर्ने शैली फरक–फरक छन । त्यस्तै पश्चिम तराईका थारु समुदायका मानिसहरुले पनि बर्खा लगाउनका लागि पानी नपरेपछि अनेक खालका पूजा गर्ने गरेका छन । यो वर्ष असार महिनाभर पानी नपरेपछि थारु समुदायका मानिसहरुले पुर्खौंबाट चल्दै आएको गाईया बेहेर्ने अर्थात गाई छेक्ने चलन अपनाएका हुन । महिलाहरुले पुरुषहरुको पोषाक लगाउने र पुरुषहरुले महिलाको पोषाक लगाएर आफनो छिमेकी गाँउमा गइ गोरु,भैँसी बन्दक बनाएर ल्याउने र त्यस गाँउका मानिसहरुले आफनो बन्दक बनेका गोरु,भैँसी छुटाउन आएपछि आफनो मौलिक भाषामा गीत गाएर छुटाउने परम्परा रहेको बैजनाथ गाँउपालिका ६ पेडारीका सुनिता थारुले बताउनु भयो । उहाँले पानी नपरेका कारण यस्तो पुरानो संस्कृति र प्रचलन अपनाइएको बताउनु भयो । पहिलाको समयमा धानको बीउ छर्ने बित्तिकै गाईया बेहेर्ने अर्थात गाई छेक्ने परम्परा शुरु हुन्थ्यो । तर अहिलेको समयमा अन्तिम विकल्प नभएपछि यो परम्परागत प्रचलनमा इन्द्र देवलाई पूजा गर्ने गरेको राप्ती सोनारी गाँउपालिका ४ फत्तेुिरका फटटु थारुले बताउनु भयो । उहाँले आफनो थारु संस्कृति अनुसार गीति गाएर पूजा गर्ने प्रचलनका बारेमा गीतमा नै जानकारी दिनुभयो । महिलाले पुरुको पोषाक र पुरुषले महिलाको पोषाक लगाउँदा इन्द्रदेव प्रशन्न भएको बैजनाथ गाँउपालिका ६ पेडारीका मइती थारुले पनि आफना गीतमा नै समेटनुभयो ।

यो परम्परा थारु समुदायमा पुस्तौंदेखि चल्दै आएको छ । यसलाई अहिले अन्धविश्वास भन्ने गरिएपनि थारु समुदाय भने पूजा गरेपछि मात्र पानी पर्ने गरेको र उत्पादन पनि राम्रो हुने गरेको विश्वास राख्छन ।

tharu tharu2 tharu3

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका