नेपाल टी–२० लिगकाे फ्रेन्चाईज टोली लुम्बिनीले लोगो सार्वजनिक • Nepal's Trusted Digital Newspaperनेपाल टी–२० लिगकाे फ्रेन्चाईज टोली लुम्बिनीले लोगो सार्वजनिक • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • नेपाल टी–२० लिगकाे फ्रेन्चाईज टोली लुम्बिनीले लोगो सार्वजनिक

नेपाल टी–२० लिगकाे फ्रेन्चाईज टोली लुम्बिनीले लोगो सार्वजनिक

  • समाचारपाटी
  • मङ्लबार, साउन १०, २०७९
नेपाल टी–२० लिगकाे फ्रेन्चाईज टोली लुम्बिनीले लोगो सार्वजनिक

आसन्न नेपाल टी–२० लिगको फ्रेन्चाईज टोली लुम्बिनी अल स्टारले सोमवार आफ्नो आधिकारिक लोगो सार्वजनिक गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी–२० लिग मध्येको लुम्बिनीले लोगो सार्वजनिक गरेको हो । ६ टोलीले सहभागिता जनाउने प्रतियोगितामा अहिलेसम्म चार टोलीको टुङगो लागेको छ । सार्वजनिक चार मध्येमा तीन टोलीमा भारतीय मालिक रहेका छन भने एक टोलीले नेपालको प्रतिनिधित्व गर्दैछ । यद्यपि दुई टोलीको टुङगो छिट्टै लाग्ने क्यानले जनाएको छ ।

क्यानको ड्रिम प्रोजेक्ट अन्तर्गतको नेपाल टी–२० लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुँदैछ । खेल कीर्तिपुर स्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा आयोजना हुने तालिका रहेको छ । आधिकारिक लोगो सार्वजनिक गरेको लुम्बिनी प्रतियोगिताका लागि लोगो घोषणा गर्ने पहिलो टोली समेत बनेको छ । कार्यक्रममा बोल्दै टोलीका प्रमुख सञ्जय शर्माले यस लिगमा सहभागी हुन पाउँदा खुशी लागेको बताउनु भयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका