सञ्चारकर्मी सन्तोष देउजा र अनुष्का देउजाको अभिनयमा ‘अलमल माया’ सार्वजनिक • Nepal's Trusted Digital Newspaperसञ्चारकर्मी सन्तोष देउजा र अनुष्का देउजाको अभिनयमा ‘अलमल माया’ सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सञ्चारकर्मी सन्तोष देउजा र अनुष्का देउजाको अभिनयमा ‘अलमल माया’ सार्वजनिक

सञ्चारकर्मी सन्तोष देउजा र अनुष्का देउजाको अभिनयमा ‘अलमल माया’ सार्वजनिक

  • समाचारपाटी
  • मङ्लबार, साउन १०, २०७९
सञ्चारकर्मी सन्तोष देउजा र अनुष्का देउजाको अभिनयमा ‘अलमल माया’ सार्वजनिक

चितवन । चर्चित सञ्चारकर्मी सन्तोष देउजा र उहाकी श्रीमती अनुष्का देउजाको अभिनयको अभिनय रहेको गीत ‘अलमल माया’ को भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द देउजाको नै रहेको छ भने प्रदीप त्रिपाठीले संगीत दिनुभएकाे हाे। पछिल्लो समयकी व्यस्त र चर्चित गायिका शान्तिश्री परियार र कृष्ण केसीले गीतमा स्वर दिनुभएकाे छ ।

भिडियोमा श्रीमान र श्रीमतीबिचको सम्बन्धमा आउने उतारचढावलाई चित्रण गरिएको छ । विवाह जस्तो जिन्दगीको महत्वपुर्ण पाटोलाई खेँलाचीको रुपमा लिने प्रवृतिमाथि भिडियोले प्रहार गरेको छ । सम्बन्धमा आउने ससाना असमझदारीहरुले जिन्दगीमा ठूलो प्रभाव पार्न सक्ने भन्दै समाजलाई सचेत बनाउने र एकअर्काप्रतिको बिश्वास बढाउने अभिप्रायले भिडियो बजारमा ल्याएको गीतका लेखक तथा कलाकार देउजाले बताउनुभयाे ।

गीतको भिडियोलाई सन्तोष देउजाले नै निर्देशन गर्नुभएकाे छ । भिडियोलाई विष्णु परियारले छायाकंनले छायांकन तथा सम्पादन गर्नुभएकाे हाे ।गीतको भिडियोलाई चितवनको नारायणी किनार, बटुली पोखरी र सन्तोष देउजाको घरमा नै छायांकन गरिएको हो।

‘द डिभाईन म्युजिक’ नामक च्यानलमार्फत सोमवार सार्वजनिक भएको गीतको भिडियोमा छोटो समयमै दर्शकहरुले सकारात्मक प्रतिक्रिया पनि दिइरहेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका