‘त्यो सेरोफेरो माइती घर मेरो’ तीज गीत सार्वजनिक • Nepal's Trusted Digital Newspaper‘त्यो सेरोफेरो माइती घर मेरो’ तीज गीत सार्वजनिक • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • ‘त्यो सेरोफेरो माइती घर मेरो’ तीज गीत सार्वजनिक

‘त्यो सेरोफेरो माइती घर मेरो’ तीज गीत सार्वजनिक

  • समाचारपाटी
  • मङ्लबार, साउन १०, २०७९
‘त्यो सेरोफेरो माइती घर मेरो’ तीज गीत सार्वजनिक

 पोखरा । नेपाली नारीहरुको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीज गीतहरु एकपछि अर्को गर्दै सार्वजनिक हुने क्रम शुरु भएको छ । सोही क्रममा लोकप्रिय कलाकार बसन्त थापा र जीवन सिग्देलको शब्दमा मौलिक तीज गीत ‘त्यो सेरोफेरो माइती घर मेरो’ सार्वजनिक भएको छ ।

हालै सार्वजनिक भएको गीतमा निशा केसी, बिन्दु पौडेल, आवृत्ति भुसाल र बिजय केसीले स्वर भरेका छन् । गीतमा बसन्त थापाको संगित, बिनोद बाजुरालीको संगित संयोजनमा रहेको गीतलाई बसन्त थापाको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतको म्यूजिक भिडियोमा करिस्मा ढकाल, अस्मिता रनपाल, बिना विश्वकर्मा, लोमस शर्मा लगायतको अभिनय देख्न सकिन्छ । दिलिप हमालले निर्माण गरेको म्यूजिक भिडियोलाई दीपक एम सिंहले कोरियोग्राफी र कुमार केसीले निर्देशन गर्नुभएकाे छ ।

वर्ष दिनमा आउने तीजमा विवाह गरेर गएकी चेलीलाई माइती लिन जाने परम्परालाई समेटेर तयार पारिएको छ । सोही भावलाई चेलीले माइती घरबाट लिन आउछन् कि आउँदैनन् भन्ने विषयवस्तुमा दिदी,बहिनी र भाइको वार्तालापलाई निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

पछिल्लो समय तीजगीत आधुनिक परिवेशमा हराउँदै गएको अवस्थामा आफुहरूले ‘त्यो सेरोफेरो माइती घर मेरो’ मा दर्शक÷श्रोतालाई मौलिकता भित्रपनि फरकपन दिने प्रयास गरेको उनीहरुको दावी छ ।

अष्ट्रेलियालाई कर्म थलो बनाएका गीतका गायक÷गायिकाले सार्वजनिक गीतबाट दर्शक÷श्रोताहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको बताएका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका