'सबैको ध्यान मुलुक बनाउने तर्फ कन्द्रीत हुन जरुरी':- लिलाधर पौडेल • Nepal's Trusted Digital Newspaper'सबैको ध्यान मुलुक बनाउने तर्फ कन्द्रीत हुन जरुरी':- लिलाधर पौडेल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘सबैको ध्यान मुलुक बनाउने तर्फ कन्द्रीत हुन जरुरी’:- लिलाधर पौडेल

‘सबैको ध्यान मुलुक बनाउने तर्फ कन्द्रीत हुन जरुरी’:- लिलाधर पौडेल

  • समाचारपाटी
  • मङ्लबार, साउन १०, २०७९
‘सबैको ध्यान मुलुक बनाउने तर्फ कन्द्रीत हुन जरुरी’:- लिलाधर पौडेल

पोखरा । जिल्ला समन्वय समिती कास्कीका प्रमुख लिलाधर पौडेलले सबैको ध्यान मुलुक बनाउने तर्फ कन्द्रीत हुन जरुरी भएको बताउनुभएकाे छ । उहाँले राज्यका कतिपय निकायले अति उत्कृष्ट काम गरे पनि कतिपय निकाय कागजमा काम देखाउन मात्रै लाग्ने गरेको आरोप लगाउनुभयाे ।

पौडेलले सो कुरा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ,परियोजना कार्यान्वयन इकाई ,कास्कीको आयोजनामा आर्थिक बर्ष २०७८र०७९को प्रदेशस्तरीय चौथो त्रैमासिक तथा बार्षिक अबधिको प्रगति समिक्षा गोष्ठीको उद्घाटन गर्दै बताउनुभएकाे हाे ।
अहिलेका जन प्रतिनिधि कुनै लोभ लालचमा नफसी काम गर्नु पर्ने भन्दै सबैलाइ कुरा कम काम बढी गर्ने गरी कार्यक्षेत्रमा खरो उत्रन आग्रह गर्नुभयाे।

कृषकको उचित सम्मान सहित सहि मुल्य प्रदान गर्ने नीति निर्माण गर्न आग्रह गर्नुभयाे। कर्तव्य र दायित्व सबैले पूरा गरे मात्रै राष्ट्रको उत्थान सम्भव भएको भन्दै पौडेलले कृषकको हर समस्या समाधान गर्ने गरि तयारी गर्न सरोकारवाला कार्यालयलाई आग्रह गर्नुभयाे।

कृषिमा बिचौलिया प्रथा अन्त्य नभए सम्म वास्तविक किसानको हित सम्भव नहुने उहाँको भनाइ थियो । गण्डकी प्रदेश कृषि मन्त्रालयका सचिव हरि बहादुर के सि ले जिम्मेवारीपूर्बक काम गर्न आग्रह गर्दै अगाडि बढ्न आग्रह गर्नुभयाे। कार्यक्रममा गण्डकी प्रदेशका बिभिन्न जिल्लाका इकाइ प्रमुखहरुले आफ्नो प्रतिबेदन र समीक्षा प्रस्तुत गरेका थिए।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका