कसैको जन्मदिन पनि यति खास नबनोस ! - मेघराज अधिकारी • Nepal's Trusted Digital Newspaperकसैको जन्मदिन पनि यति खास नबनोस ! - मेघराज अधिकारी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कसैको जन्मदिन पनि यति खास नबनोस ! – मेघराज अधिकारी

कसैको जन्मदिन पनि यति खास नबनोस ! – मेघराज अधिकारी

  • समाचारपाटी
  • मङ्लबार, साउन १०, २०७९
कसैको जन्मदिन पनि यति खास नबनोस ! – मेघराज अधिकारी

मेघराज अधिकारी । प्रिय पाठक । फेरि तपाइ माझ, तपाइकै मन बिजाउन आइपुगेको छु । मान्छेले टेलर हेरेर लगभग पुरै चलचित्रको कहानी बताउन सक्छ रे । सायदै, तपाईं पाठकले पनि शीर्षक पढेर मेरो लेखाइको सार बुझि सक्नुभएको छ ।

सन्तान जन्मिनु अभिभावकका लागि खास हुन्छ । उहीँ दिन सन्तानले बा र आमाको नाता दिन्छ । प्यारो शब्द । सन्तानका सुरु सुरुका चीत्कार अर्थात रुवाइ प्यारै हुन्छ । बा र आमाका लागि त्यहि पहिलो चीत्कार सुनेको दिन उहाँहरुको सन्तानको जन्म दिन हुनेछ ।

जन्म दिन सबैका लागी खास हुन्छ । तर कहिले काही आफ्नो भन्दा पनि अरु कसैको जन्म दिन मेरा लागि खास बनिरहेको थियो । म आधुनिक युगको मान्छे हो , मैले जन्म दिन नै संझन पनि त्यति धेरै कष्ठ गर्नु परेन । जुन दिन पहिलो पटक जन्म मिति थाहा पाउने अवसर प्राप्त मैले गरे त्यहि दिन कन्ठस्त भएको रहेछ भनौ या मनसपटलमा चित्रित भएको रहेछ । मिति नखुलाउने सर्तमा म कसैको जन्म दिन आउनु भन्दा दुई-तीन अघिनै सचेत हुन्थे । कुनै कारण मैले जन्म दिन विर्सिए भने, म First Wisher बनिन भने ? लाग्थ्यो म त्यहि भाग्यमानी बन्ने छु, कसैका लागि प्यार रुपि शब्दहरु सगैँ कसैको जीवन सफतताको शुभकामना दिन सके । धेरै पटकका जन्म दिन मैले पहिलो शुभकामना सन्देशकै लागि बिताएको छु । सायदै निन्द्रामा भएपनि आलराम बजेझै, यो मनले संकेत गर्थ्यो । मात्र फस्ट विसर बन्ने चाहाना । कसैका जन्म दिनमा लेखिने शुभकामनाका शब्दहरु मैले तीन-चार दिन अघिनै नोट प्याडमा सुरक्षित गरिसकेको हुन्थे । पटक पटक काटछाट गरेर मिठास भरेको हुन्थे । म विवादित भएरै भएपनि म कसैको जन्म दिनमा मनका स्पन्दन मज्जाले सेयर गर्थे सामाजिक सञ्जाल मार्फत । मध्यरातमा फोन गरेर मात्र जन्म दिनको शुभकामना भने भने म पहिलो विसर बन्छु भन्ने लाग्थ्यो । ती विगत थिए, कसैको जन्म दिन यति खास पनि नबनोस् कि जसलाइ विर्सनै असहज होस् । धेरै पटक मैले हारेको छु, अब मलाइ पहिलो विसर (Wisher) बन्नु छैन । राति – राति उठेर फोन गर्नु छैन र छैन सामाजिक सञ्जाल रङ्गाउन । मैले पहिलो विसर बन्ने चाहानामा व्यक्त गरेका शब्दहरुको निरन्तरता दिन कोहि त पक्कै पुगेको छ । मैले धेरै पछि बुझे – मैले दिएका शुभकामनाका शब्दहरु घृणित भएका छन् । मेरा शब्दहरु घृणित हुनु भनेको म आफैँ घृणित हुनु हो । त्यसैले कसैको जन्म दिनमा पहिलो विसर बन्ने चाहानालाइ सधैका लागि पुर्णविराम लगाएको छु ।

मैले दिएको जन्मदिनको शुभकामनालाइ अन्तिम विसरका रुपमा लिइदिन कसैलाइ आग्रह गर्दै ” जन्म दिनको शुभकामना ” ब्यक्त गर्दछु ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका