गण्डकी प्रदेश प्रहरी प्रमुखद्धारा जिल्ला प्रहरी कार्यालय लमजुङको निरीक्षण • Nepal's Trusted Digital Newspaperगण्डकी प्रदेश प्रहरी प्रमुखद्धारा जिल्ला प्रहरी कार्यालय लमजुङको निरीक्षण • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • गण्डकी प्रदेश प्रहरी प्रमुखद्धारा जिल्ला प्रहरी कार्यालय लमजुङको निरीक्षण

गण्डकी प्रदेश प्रहरी प्रमुखद्धारा जिल्ला प्रहरी कार्यालय लमजुङको निरीक्षण

  • समाचारपाटी
  • मङ्लबार, साउन १०, २०७९
गण्डकी प्रदेश प्रहरी प्रमुखद्धारा जिल्ला प्रहरी कार्यालय लमजुङको निरीक्षण

 पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले जिल्ला प्रहरी कार्यालय लमजुङको स्थलगत अवलोकन, निरीक्षण गर्नुभएको छ ।

प्रहरी नायव महानिरीक्षक जोशीले जिल्ला प्रहरी कार्यालय लमजुङमा रहेका भौतिक पूर्वाधारहरु, प्रहरी कर्मचारी, मेश, ब्यारेक, बिभिन्न शाखाहरु लगायतको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रविधिमैत्री र प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न निर्देशन गर्नुभएको छ ।

निर्देशनका क्रममा प्रहरी नायव महानिरीक्षक जोशीले जनतालाई अप्ठ्यारो पर्ने कुनै निश्चित समय नभएकोले प्रहरी कर्मचारी २४ घण्टा परिचालन हुनुपर्ने बताउँदै,जनसेवामा प्रहरीले व्यवसायिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जोशीले प्रहरी कर्मचारीहरु अनुशासनमा रही जिम्मेवारीका साथ कार्य सम्पादन गरेमा अपराध अनुसन्धान, सुरक्षा लगायतका प्रहरी कार्यमा सफलता मिल्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्ण कार्कीले जिल्लाको सम्पूर्ण प्रहरी परिचालन, प्रहरी गतिविधि र शान्ति सुरक्षाका विषयमा प्रस्तुतिकरण गर्नुभयो ।

police2 2 police3 2 police4

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका