पाेखरा । नेपाली उपभोक्ता संरक्षण महासंघ (FNCP) गण्डकी प्रदेशको अध्यक्षमा लक्ष्मी ज्ञवाली चयन हुनुुभएको छ । शनिबार पोखरामा सम्पन्न महासंघको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सुुरेश गिरी, उपाध्यक्षमा विन्दुचन्द्र बराल र संकेत सापकोटा चयन हुनुुभएको छ ।
त्यसै महासचिवमा विमला खड्का, सचिवमा सुुरेश नेपाली, कोषाध्यक्षमा यज्ञ कुुमारी पौडेल चयन हुनुुभएको छ । समितिको सदस्यहरुमा ईश्वरी ठकुुराठी, दुुर्गा बहादुुर बजगाई, सविता शेरचन, रामचन्द्र खड्का, हुुमादत्त रेग्मी, सरोज गिरी, मातृका प्रसाद अधिकारी, पार्वती तामाङ, बाबुराम क्षेत्री, रञ्जना कुमारी सेन पौडेल र आइ बहादुर विक रहनुभएको छ ।
यस अघि कार्यक्रममा बोल्दै नेपाली उपभोक्ता संरक्षण महासंघका केन्द्रीय उपाध्यक्ष जिवन बानियाले महासंघले एक वर्ष भित्रमा नेपाल भर १५ लाख सदस्य बनाउने बताउनुभयो । उहाँले भन्नुभयो – “सदस्यता वितरण भईरहेको छ, एक सचेत उपभोक्ताले आफुलाई परेको समस्याबारे उजुरी गर्न हामीले संयन्त्र बनाउदै छौँ, सदस्य बनेपछि सिधा उजुरी गर्न सक्ने र उजुरी गरेको ५/१० मिनेटमा नै सरकारी संयन्त्रको समन्वयमा महासंघले कालोबजारी, अनियमिता र भ्रष्टचार रोक्नका लागि काम गर्दैछ ।” उपाध्यक्ष बानियाले अब विभिन्न जिल्ला र पालिकास्तरमा रहेका उपभोक्ताको हितका लागि काम गर्ने भनेर खोलिएका संस्थाहरुपनि अब महासंघ मातहत आउने बताउनुभयो । आफुहरुले गृहमन्त्रालयमा कुरा गरिरहेको भन्दै उहाँले त्यस्ता किसिमका संस्था आफुहरु मातहत नआए दर्ता खारेज गर्नेगरि गृहमन्त्रालयमा छलफल भएको पनि उहाँले बताउनुभयो ।
त्यस्तै कार्यक्रममा महासंघका सचिव रोहित बहादुर खत्रीले संस्थाले देशमा विद्यमान अनियमितता, भ्रष्टचार र कालोबजारी रोक्नका लागि डटेर लढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले महासंघले उपभोक्ता हितका लागि काम गर्ने अन्तराष्ट्रिय संस्था कार्टर सेन्टर लगायतसंग सहकार्य हुने कुराकानी भईरहेको बताउनुभयो । उहाँले महासंघले आफ्ना शाखाहरु जिल्ला र पालिकास्तरसम्म पुर्याएर उपभोक्ताको हितका लागि काम गर्ने योजना बनाएको बताउनुभयो ।
त्यस्तै महासंघका केन्द्रीय सदस्य उत्तम बानियाँ ले महासंघले गर्ने काम निश्पक्ष र पारदर्शी हुने बताउनुभयो । उहाँले महासंघको नाम भजाएर कसैले व्यक्तिगत स्वार्थपुर्ति गर्न नदिने तर्फ महासंघको केन्द्रिय समितिको बैठकमा आफुले गम्भिरता पुर्वक कुराहरु राख्ने बताउनुभयो । उहाँले अनुगमनका बेला सुचना चुवाउने र आफ्ना मानिसहरुलाई बचाउन तर्फ लाग्ने प्रवृत्तिले उपभोक्ताको हितका लागि काम गर्ने संस्थाहरुले राम्रो काम गर्न नसकेको बताउदै आफुहरु त्यसमा सचेत रहने बताउनुभयो ।
नेपाली उपभोक्ता संरक्षण महासंघ गण्डकीका संयोजक एवं केन्द्रिय सदस्य शुसिल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सुरेश गिरीले स्वात गर्नुभएको थियो भने नेपाली उपभोक्ता संरक्षण महासंघ गण्डकीका तदर्थ समितिका सचिव प्रल्हाद चन्द्र घिमिरेले कार्यक्रमको संचालन गर्नुभएको थियो ।