क्यालिफोर्निया राज्यमा डढेलो अनियन्त्रित भएपछि आपतकाल घोषणा • Nepal's Trusted Digital Newspaperक्यालिफोर्निया राज्यमा डढेलो अनियन्त्रित भएपछि आपतकाल घोषणा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • क्यालिफोर्निया राज्यमा डढेलो अनियन्त्रित भएपछि आपतकाल घोषणा

क्यालिफोर्निया राज्यमा डढेलो अनियन्त्रित भएपछि आपतकाल घोषणा

  • समाचारपाटी
  • आइतवार, साउन ८, २०७९
क्यालिफोर्निया राज्यमा डढेलो अनियन्त्रित भएपछि आपतकाल घोषणा

काठमान्डौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा डढेलो अनियन्त्रित भएपछि आपतकाल घोषणा गरिएको छ । योसेमिटी राष्ट्रिय निकुञ्ज नजिक गत शुक्रबारदेखि लागेको डढेलो २४ घण्टा बितिसक्दा पनि नियन्त्रणमा लिन नसकेपछि मारिपोसा काउन्टीमा आपतकाल घोषणा गरिएको हो ।

‘ओक फायर’ नाम दिइएको उक्त डढेलो नियन्त्रणमा अग्नि नियन्त्रकहरु सक्रिय छन् । डढेलोबाट मानवीय क्षति नहोस् भन्ने उद्देश्यले जोखिम क्षेत्रका ३ हजार मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । करिब एक दर्जन घरहरु नष्ट भइसकेका छन् ।

डढेलो ११ हजार ९०० एकड जमिनमा फैलिइसकेको छ । यसलाई अमेरिकाकै सबैभन्दा ठूलो सक्रिय डढेलो भनिएको छ ।

डढेलो योसेमिटी राष्ट्रिय निकुञ्जको उत्तरपूर्वमा छ । योसेमिटी राष्ट्रिय निकुञ्जलाई संसारकै सबैभन्दा ठूला र सबैभन्दा पुराना केही रेडउड रुखहरुको घरसमेत मानिन्छ । ती रुखहरु यही महिनाको सुरुमा पनि डढेलोको जोखिममा परेका थिए । तर अग्नि नियन्त्रकहरुले त्यो डढेलोबाट रुखहरुलाई जोगाउन सफल भएका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका