काठमान्डौं । भ्वइस अफ नेपाल सिजन–३ फेम्ड गायक ज्वाला राईको सुमधुर स्वरमा सजिएको ”माया जाल” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा मिलन किराँतीको शब्द रहेको छ भने बिक्रम राईको संगीत रहेको छ। यस गीतमा देबेश राईकाे संगीत संयोजन रेहेकाे छ । म्युजिक भिडियोको कथामा गायक राई ब्याड ब्वाईका रुपमा प्रस्तुत भएका छन्।
भिडियोमा मानषी तामाङ र गायक राई बिचको अन्स्क्रिन प्रेम र रोमान्स समेत प्रस्तुत गरिएको छ। भिडियोमा फराज अर्पणको डिओपी र बिशाल थापाको छायाँकन रहेको छ। गायक राईको कन्सेप्ट, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायक राईको युट्युव च्यानल ”ज्वाला राई” मार्फत सार्वजनिक भएको हो। यसअघि गायक राईको स्वरमा ”शितल शितल’ ‘दौरा भन्दा खल्ती लामो’ ‘तिमी फुल’ लगायत म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।
