'अहिलेको बजेट भ्रष्ट बजेट हो, फुटेज हटाउनु, फुटेज डयामेज गरिनु नै पर्याप्त छैन र':-केपीओली • Nepal's Trusted Digital Newspaper'अहिलेको बजेट भ्रष्ट बजेट हो, फुटेज हटाउनु, फुटेज डयामेज गरिनु नै पर्याप्त छैन र':-केपीओली • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • ‘अहिलेको बजेट भ्रष्ट बजेट हो, फुटेज हटाउनु, फुटेज डयामेज गरिनु नै पर्याप्त छैन र’:-केपीओली

‘अहिलेको बजेट भ्रष्ट बजेट हो, फुटेज हटाउनु, फुटेज डयामेज गरिनु नै पर्याप्त छैन र’:-केपीओली

  • समाचारपाटी
  • शनिबार, साउन ७, २०७९
‘अहिलेको बजेट भ्रष्ट बजेट हो, फुटेज हटाउनु, फुटेज डयामेज गरिनु नै पर्याप्त छैन र’:-केपीओली

केपी ओली, पार्टीको तथा अनुसन्धान प्रतिष्ठानको कार्यक्रममा

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव आउँदैछ भनेर सरकारले बृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्ष उमेर हद बनाएको आरोप लगाउनु भएको छ ।

शुक्रबार पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वृद्ध भत्ता पाउन सरकारले २ वर्ष उमेर घटाएर ६८ वर्ष राख्नु चुनावबाहेक अन्य कुनै कारण नभएको बताउनु भयो । उहाँले सो सम्बन्धमा त्यसबाहेक अन्य कुनै लजिक छ भनि सरकारलाई प्रश्न समेत गर्नु भयो । उहाँले काँग्रेस नेतृत्वको विगतका सरकारहरुप्रति संकेत गर्दै मुलुकको उद्योगधन्दा निजी क्षेत्रलाई कौडीको मुल्यमा बेचेर राष्ट्रलाई कंगाल बनाएको पनि दोहोर्याउनु भयो । ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले निजी क्षेत्रलाई साथ लिएर कृषि क्षेत्रको उत्पादन वृद्धि र राष्ट्रिय उद्योगहरुको प्रवद्र्धनलाई बढावा दिने नीति लिएको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘अहिले ७० बाट ६८ बनाउनुको इज दियर एनि लजिक ? चुनाव आउँदैछ भन्ने बाहेक अन्य केही छ लजिक ? यतापट्टि धेरै नजाऊ । अहिले त मैले धेरैकुरा भनिरहनु पर्लाजस्तो लाग्दैन । हामीले कृषिको उत्पादन कसरी बढाउने, त्यस सन्दर्भमा उद्योगलाई कसरी बढावा दिने ? आठ वटा त हामीले विशेष खालका औद्योगिक क्षेत्र तयार गर्यौं । त्यसमा सुविधाका कुराहरु अगाडि बढायौं । र, औद्योगिक क्षेत्रलाई कसरी बढावा दिने, प्राईभेटाईजेशनका नाममा भएका उद्योग बेचेर खाने नीति हामीले लिएनौं । हामीले निजी क्षेत्रलाई पनि संगै लिएर हिँडने नीति, प्रोत्साहित गर्ने नीति लियौं तर कौडीमा मोलमा राष्ट्रलाई कंगाल बनाउने काम गरियो ।’

ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले मुलुकको समृद्धिका लागि स्पष्ट बाटो लिएको स्मरण गर्न पनि विज्ञहरुलाई आग्रह गर्नु भयो । उहाँले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट भ्रष्ट रहेको दावी समेत गर्नु भयो । ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माप्रति संकेत गर्दै अर्थ मन्त्रालयको सिसीटिभी फुटेज हटाउनु, डयामेज गरिनु नै त्यसको पर्याप्त प्रमाण भएको तर्क गर्नु भयो । उहाँले न्यायालयका न्यायाधीश समेत आफनै रहेको काँग्रेसले खोटाङको एम अधिकारीलाई खोजिरहेको भन्दै आपत्ति जनाउनु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘अहिलेको बजेट भ्रष्ट बजेट हो । फुटेज हटाउनु, फुटेज डयामेज गरिनु नै पर्याप्त छैन र ? यसमा पनि ढाकछोप गरिरहने ? अनि यो हल्ला र बहस, हल्लालाई बहसमा परिणत गर्ने कुराहरुतिर मेरो त्यत्ति रुचि छैन । नेकपा एमालेले भनिराख्या छ–खोटाङको एम अधिकारी की के खोजिराख्या छ, काँग्रेस । सबै क्षेत्रमा काँग्रेस त छदै छ नि । काँग्रेसका केन्द्रिय विभागका प्रमुख श्रीमान न्यायाधीश छन कि छैनन ? अनि राजीनामा दिएको छ कहिल्यै पनि सुनिएन त ? अरु कुन कुन ठाउँमा के के छ ? सुनिएन त । रिटायर्ड भईसकेका मानिसलाई फर्काईफर्काइ ल्याएर त्यहाँ भईराखेका मान्छेहरुलाई अनाआवश्यक रुपमा हटाएर यस्ता बेथिति भएको ठाउँमा म भन्दिन कुन परिवारका कुन कुन सदस्य, कुनकुन आर्थिक क्रियाकलापमा ट्रान्सपरेन्स के के छन ? त्यो म अहिले भनिरहन चाहन्न ।’

मुलुकको अर्थतन्त्र संकट उन्मुख भएपनि आफनो पार्टीले त्यतातर्फ जान नदिने दृढता समेत व्यक्त गर्नुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका