संसदबाहिर झलनाथ खनाल र डा. बाबुराम भट्टराईको प्रतिक्रिया • Nepal's Trusted Digital Newspaperसंसदबाहिर झलनाथ खनाल र डा. बाबुराम भट्टराईको प्रतिक्रिया • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • संसदबाहिर झलनाथ खनाल र डा. बाबुराम भट्टराईको प्रतिक्रिया

संसदबाहिर झलनाथ खनाल र डा. बाबुराम भट्टराईको प्रतिक्रिया

  • समाचारपाटी
  • शनिबार, साउन ७, २०७९
संसदबाहिर झलनाथ खनाल र डा. बाबुराम भट्टराईको प्रतिक्रिया

पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकता सम्बन्धी विधेयक राष्ट्रिय सहमती गरेर पारित गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री खनालले सरकारले ल्याएको विधेयकमा केही गम्भिर प्रश्नहरु रहेको भन्दै राष्ट्रिय सहमती हुनु अत्यावश्यक रहेको बताउनु भयो । उहाँले ऐन बनाउँदा कुनै कमजोरी हुनु नहुने पनि बताउनु भयो । उहाँले नागरिकता सम्बन्धी विधेयकमा प्रतिपक्ष दलको असहमती रहेको उल्लेख गर्दै विवादको बीचमा पारित हुने खतरा रहेको बताउनु भयो । पूर्वप्रधानमन्त्री खनालले सो विधेयक पारित भएमा देशमा दुई खालको जनमत बन्ने खतरा रहेको औँल्याउनु भयो ।

jhalnath

उहाँले भन्नुभयो – ‘नागरिकताको सम्बन्धमा हामीले ऐन बनाउँदा कुनैपनि ढंगले लुज काम गर्नु हुँदैन । हामीले लुज कुराहरु गर्यौ भने हाम्रो देशको सामाजिक संरचना क्रमिक रुपले बदलिने, नकारात्मक ढंगले बदलिने खतराहरु हुन्छन । यो कुरालाई ध्यानमा राखेर नेपालका राजनीतिज्ञहरुले, नेपालका पार्टीहरुले गम्भिरतापूर्वक ध्यान दिनुपर्छ । अहिले जुन प्रकारले नागरिकता विधेयक आएको छ । यसमा केही गम्भिर प्रश्नहरु छन । यस्ता कुराहरुमा राष्ट्रिय सहमती हुनु अत्यावश्यक छ । राष्ट्रिय सहमती भएको मैले देखिनँ । प्रतिपक्षले असहमती राखिरहेको छ । सरकार पास गर्नका लागि तयारी गरिरहेको छ । यो सहमतीको विधेयक हुने देखिन । यो विवादको बीचमा पास हुने खतरा छ । यसरी विधेयक पास भयो भने यसले सर्लक्कै देशमा दुई खालको जनमत बन्ने खतरा छ । नागरिकता जस्तो सवाल राष्ट्रिय सहमतीको सवाल हो । यो खालि बहुमतको सवाल होइन ।’

त्यस्तै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गैरआवासीय नेपालीहरुलाई पूर्ण अधिकारसहितको नागरिकता दिने पक्षमा आफू रहेको बताउनु भयो । उहाँले आमाको नामबाट नागरिकता दिने विषयमा शर्तहरु तेर्साइनु गलत भएको बताउनु भयो । आमाको नाममा निःशर्त नागरिकता दिनुपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘अझै अपूर्ण छ । जन्मसिद्धका सन्तानले वंशीय नागरिकता पाउनेकुरा त आएको छ । त्यो मुलतः ठिक छ । एनआरएनएहरुलाई मेरो निजी मान्यता त उनीहरुलाई पूर्ण नागरिकता दिएहुन्छ भन्ने हो । तैपनि राजनीतिक अधिकार बाहेकका अन्य अधिकार सहितका नागरिकता दिने कुरा छ, त्यो पनि सकारात्मक छ । तर कमजोर पक्ष के छ भने आमाको नामबाट नागरिकता प्राप्त गर्ने जुन अधिकार हो त्यो निःशर्त अधिकार हो । अनावश्यक ढंगले शर्त राखेर आमाले बाउको पहिचान भए, नभएको भनेर जुन शर्त राखिएको छ । त्यो विभेदकारी छ । गलत छ । वैवाहिक अंगिकृतको कुरा पनि समानतामा आधारित छैन । कि त नराख्ने हो भने छोरा र छोरी दुवैको दम्पतिलाई नराखौँ । राख्ने हो भने दुईवटैलाई थोरै थोरै भएपनि राखौँ । यसरी विभेदकारी प्रावधान राख्नु हुँदैन । त्यस्तै लंगिक पहिचान सहितको जुन कुरा छ, त्यसमा पनि त्रुटी भएको छ । त्यसैले यसलाई सच्याएर पारित गर्नु राम्रो हुन्छ ।’

पूर्वप्रधानमन्त्री डा. भट्टराईले नागरिकता सम्बन्धी विधेयक अपूर्ण रहेको टिप्पणी गर्नुभयो ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका