डा.आयुष्नोभा ढुँगाना मिस युनिभर्स नेपालमा • Nepal's Trusted Digital Newspaperडा.आयुष्नोभा ढुँगाना मिस युनिभर्स नेपालमा • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • डा.आयुष्नोभा ढुँगाना मिस युनिभर्स नेपालमा

डा.आयुष्नोभा ढुँगाना मिस युनिभर्स नेपालमा

  • समाचारपाटी
  • शुक्रबार, साउन ६, २०७९
डा.आयुष्नोभा ढुँगाना मिस युनिभर्स नेपालमा

काठमान्डौँ । मिस युनिभर्स नेपाल २०२२ को चयन सुरु भएको छ । यो प्रतियोगितामा पहिलो चरणमा विभिन्न ३९ जना प्रतिस्पर्धीहरु चयन भएका छन् । उनीहरु सबै अनलाईन अडिसनबाट चयन भएका हुन् ।

जसमा डक्टर आयुष्नोभा ढुँगाना पनि चयन हुनुभएकाे छ । यी ३९ जनामा बहुसँख्यक प्रतियोगीहरु मोडल छन् । केही नयाँ अनुहार पनि छन् । मोडलिङमा डक्टर आयुष्नोभा ढुँगाना पनि नयाँ अनुहार हाे । तर उहाँसँग आफ्नो क्षेत्रको विज्ञता छ । आयुष्नोभाले गत वर्ष बँगलादेशबाट छाला रोग विषयमा एमबिबिएस गर्नुभएकाे हाे । बँगलादेशबाट पढाई सकेर नेपाल फर्किएकी डा. आयुष्नोभा अहिले नेपालमै विरामीहरुको सेवा गरिरहनुभएकाे छ ।

हाल काठमान्डौंमा रहेर छालारोग सम्बन्धि सेवा दिईरहनुभएकी उहाँ मिस युनिभर्स नेपाल २०२२ पछि काठमान्डौंबाट केही दुर्गम ठाउँमा गएर आफ्नो सेवा दिने योजनामा हुनुहुन्छ । छाला भनेको मानिसमा झट्ट हेर्दा पहिलो नजरमै देखिने तत्व भएकाले यसलाई महत्व दिएर आफु छाला रोगको चिकित्सक बनेको पनि यी सुन्दरीले बताउनुभएकाे छ ।

यसपटक उहाँ सबैका लागि स्वास्थ्य भन्ने नारा सहित मिस युनिभर्स नेपाल २०२२ मा सहभागी हुनुभएकाे छ,‘एउटा डक्टरले बिरामीलाई त निरन्तर सेवा दिएकै हुन्छ । डक्टरले मिस युनिभर्स नेपाल भएर मिस युनिभर्समा गई नेपाललाई चिनाउन सक्छ भन्ने उदाहरण बन्न चाहन्छु ।’ उहाँले भन्नुभयाे ।

नग्मा श्रेष्ठले मिस युनिभर्समा पहिलो पटक नेपालबाट प्रतिनिधित्व गर्नुभएकाे थियाे । गत वर्ष यो उपाधि सुजिता बस्नेतले जित्नुभएकाे थियाे । अग्रजहरुको कामलाई मूल्याँकन गरेर मिस युनिभर्स नेपाल हुँदै मिस युनिभर्समा गएर कसरी राम्रो गर्न सकिन्छ भनेर यतिबेला आफु मिस युनिभर्स नेपालको तयारीमा व्यस्त रहेको आयुष्नोभाले बताउनुभएकाे छ ।

उहाँकाे आमा रोशनी केसी फिल्म निर्माता तथा नायिका हुनुहुन्छ । बुबा अँगद ढुँगाना व्यबसायी हुनुहुन्छ । दुबैको प्रेरणाले आफु मिस युनिभर्स नेपालमा सहभागी भएको आयुष्नोभाले बताउनुभएकाे छ ।

मिस युनिभर्स नेपालको अघिल्लो चरणमा उत्कृष्ट २० जना चयन हुनेछन् । ती २० जना नै फाईनलमा उत्रने छन् । त्यसपछि उत्कृष्ट १० हुँदै मिस युनिभर्स नेपाल चयन हुनेछ । ती उत्कृष्ट २० लाई प्रत्यक्ष रुपमा प्रसान्त ताम्राकारले कोरियोग्राफी गर्नेछन् । आगामी १९ अगष्ट चयन हुने मिस युनिभर्स नेपालमा ताज नै जित्ने लक्ष्य सहित आफु प्रस्तुत हुने आयुष्नोभाको कथन छ ।

डाक्टर आयुष्नोभाको कथनमा नेपालमा मिस युनिभर्स, मिस वल्र्ड नेपाललाई राज्यले सहयोग गरेको छैन । प्रतियोगी नारीले अन्तराष्ट्रिय प्लेटफर्ममा गएर नेपाललाई चिनाउनेहुँदा नेपाली प्रतियोगीहरुलाई राज्यले सघाउनु पर्ने, हौसला दिनु पर्ने सुझाब आयुष्नोभाको रहेको छ ।

ef044956 c286 4fc7 9b0f e6f0ea1c96a4 1

aayusnova dhungana 1

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका