राज्य व्यवस्था बेथिति र विसंगतिको पुलिन्दा बन्योः अध्यक्ष लिङदेन • Nepal's Trusted Digital Newspaperराज्य व्यवस्था बेथिति र विसंगतिको पुलिन्दा बन्योः अध्यक्ष लिङदेन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राज्य व्यवस्था बेथिति र विसंगतिको पुलिन्दा बन्योः अध्यक्ष लिङदेन

राज्य व्यवस्था बेथिति र विसंगतिको पुलिन्दा बन्योः अध्यक्ष लिङदेन

  • समाचारपाटी
  • शुक्रबार, साउन ६, २०७९
राज्य व्यवस्था बेथिति र विसंगतिको पुलिन्दा बन्योः अध्यक्ष लिङदेन

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राज्य व्यवस्था बेथिति र विसंगतिको पुलिन्दा बनेको आरोप लगाउनुभएको छ ।

बिहीवार काठमान्डौंमा बसेको पार्टीको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताउनुभएको हो । उहाँले सत्तारुढ ठूला दलका अकर्मण्यता र असफलताका कारण राष्ट्रियता संकटमा परेको दाबी गर्नुभयो । उहाँले नेपालमा विदेशी चलखेल र प्रभाव दिनदिनै बढदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । अध्यक्ष लिङदेनले विदेशीसामु प्रमुख दलहरुले अनुशरण गरेको लम्पसारवादको नीतिले नेपाल विदेशी हस्तक्षेपको खेल मैदान बनेको दाबी गर्नुभयो । उहाँले प्रमुख राजनीतिक दलको लम्पसारवादका कारण देशमा अस्थिरता, भूराजनीतिक सन्तुलनको उत्पत्ति भएको बताउनु भयो । अध्यक्ष लिङदेनले सरकारले असन्तुलन र अराजकतालाई प्रोत्साहन गरेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘सत्तारुढ ठूला दलका अकर्मण्यता र असफलताका कारण राष्ट्रियता संकटमा छ । विदेशी चलखेल र प्रभाव दिनदिनै बढीरहेको छ । विदेशीसामु प्रमुख दलहरुले अनुशरण गरेको लम्पसारवादको नीतिले नेपाल विदेशी हस्तक्षेपको खेल मैदान बनेको छ । सरकारले असन्तुलन र अराजकतालाई प्रोत्साहन गरेको छ । अस्थिरताको बाटो सिर्जना गरेको छ । भूराजनीतिक सन्तुलन गुमेको छ । नेपाल शक्तिराष्ट्रहरुको रणनीतिक प्रतिष्पर्धाको थलो बनेको छ । यस्तो परिस्थितिमा नेपालमाथि अर्को संकट आइलाग्नसक्ने खतरा बढदो छ । राज्य व्यवस्था बेथिति र विसंगतिको पुलिन्दा बनेको छ । सत्तासीन दलहरु कानमा तेल हालेर बसेका छन । कुर्सी जोगाउने र सत्तामा टिकिरहने अंक गणित बाहेक अन्य केही छैन ।’

अध्यक्ष लिङदेनले नेपाल आर्थिक संकटमा रहेको भन्दै यस्ता बेला नेपालमाथि अर्को संकट आइलाग्नसक्ने खतरा बढीरहेको बताउनु भयो । उहाँले सत्तासीन दलहरु कानमा तेल हालेर कुर्सी जोगाउने र सत्तामा टिकिरहने अंक गणितमा व्यस्त रहेको बताउनु भयो ।

Sequence 01.03 30 20 10.Still3946 Sequence 01.03 30 27 11.Still3947

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका