साउन दोस्रो साता ‘बिबिआर’ फुटसल प्रतियोगिता, एकजना ‘ए’ डिभिजन खेलाडी राख्न पाइने • Nepal's Trusted Digital Newspaperसाउन दोस्रो साता ‘बिबिआर’ फुटसल प्रतियोगिता, एकजना ‘ए’ डिभिजन खेलाडी राख्न पाइने • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • साउन दोस्रो साता ‘बिबिआर’ फुटसल प्रतियोगिता, एकजना ‘ए’ डिभिजन खेलाडी राख्न पाइने

साउन दोस्रो साता ‘बिबिआर’ फुटसल प्रतियोगिता, एकजना ‘ए’ डिभिजन खेलाडी राख्न पाइने

  • समाचारपाटी
  • शुक्रबार, साउन ६, २०७९
साउन दोस्रो साता ‘बिबिआर’ फुटसल प्रतियोगिता, एकजना ‘ए’ डिभिजन खेलाडी राख्न पाइने

पोखरा । पोखरा महानगरपालिका २७ तालचोकस्थित काइट फुटसलमा पहिलो संस्करणको ‘बिबिआर फाइभ ए साइड फुटसल प्रतियोगिता’ हुने भएको छ ।

आगामी १० र ११ गते स्वास्थ्य र भाइचाराका लागि खेलकुद’ भन्ने नारासहित विश्वास, भिषण एण्ड राहुल युनाइटेडले ‘फाइभ ए साइड फुटसल प्रतियोगिता’ आयोजना गरिने खेल संयोजक राहुल गुरुङले जानकारी दिनुभयाे । उहाँका अनुसार सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ६० हजार प्राप्त गर्नेछ भने उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ३० हजार हात पार्नेछ ।
यसैगरि प्रतियोगितामा उत्कृष्ट खेलाडीले ट्रफीसहित २ हजार ५ सय, र सर्बाधिक गोलकर्ता तथा उत्कृष्ट गोलरक्षकले जनही २ हजार प्राप्त गर्नेछ ।

दुई दिन सञ्चालन हुने प्रतियोगितामा प्रत्येक टिमले चाहेको खण्डमा ‘ए’, ‘बि’ र ‘सि’ डिभिजनका एक जना खेलाडीलाई समावेश गर्न पाइने बताइएको छ । उक्त प्रतियोगिताको दर्ता शुल्क नगद रु ४ हजार निर्धारण गरिएको आयोजकले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका