नेपाली चलचित्र ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक • Nepal's Trusted Digital Newspaperनेपाली चलचित्र ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपाली चलचित्र ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक

  • समाचारपाटी
  • बिहिबार, साउन ५, २०७९
नेपाली चलचित्र ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक

 

नेपाली चलचित्र ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमान्डौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । गोपिकृष्ण मुभिजको प्रस्तुतिमा बनेको फिल्म ‘माइकल अधिकारी’ मा सौगात मल्ल र श्रृष्टी श्रेष्ठको मुख्य अभिनय रहेको छ । निरक पौडेल निर्माता रहने गरी उद्धव पौडेलले फिल्म निर्माण गर्नुभएकाे हाे ।

कार्यक्रममा बोल्दै नायक सौगात मल्लले फिल्म राम्रो भएको बताउनु भयो । उहाँलै आफना दुवै फिल्म राधा र ‘माइकल अधिकारी’ एकैपटक आउन लागेकोमा दुःख लागेको भएपनि दुवै फिल्म राम्रो रहेको बताउनु भयो । श्रृष्टी र सौगात सँगै हुँदा एक अर्काको कुरा किन हुँदैन भन्ने रंगपत्रकारको प्रश्नमा उहाँले श्रृष्टी र आफू सँगै बस्ने भएकोले कुरा नगरेको प्रतिक्रिया दिनुभयो । त्यस्तै नायिका श्रेष्ठले फिल्ममा आमा बन्दाको अनुभवले धेरै कुरा सिकाएको बताउनु भयो । उहाँले फिल्मकै अभिनयले वास्तविक माया आमाको नै हुने रहेछ भन्ने यथार्थता प्रस्तुत गरेको बताउनु भयो ।

फिल्ममा नायिका श्रेष्ठ गर्भवती महिलाको अभिनयमा हुनुहुन्छ । ‘माइकल अधिकारी’मा आर्थिक अभाव भएपछि कोख भाडामा दिने महिलाको भुमिकामा उनलाई देख्न सकिन्छ । फिल्ममा सौगात र श्रृष्टीसँगै अशान्त शर्मा, लोनिभा तुलाधर, अन्नी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, जेमिमा टम्स, दीलिप बोहरा, कन्द्र भटटराईको अभिनय छ । फिल्म आगामी भदौ ३ गते रिलिज हुनेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका