मोटरहेड ब्राण्डका नयाँ बाईकहरु अब दुलेगौँडामै उपलब्ध • Nepal's Trusted Digital Newspaperमोटरहेड ब्राण्डका नयाँ बाईकहरु अब दुलेगौँडामै उपलब्ध • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • मोटरहेड ब्राण्डका नयाँ बाईकहरु अब दुलेगौँडामै उपलब्ध

मोटरहेड ब्राण्डका नयाँ बाईकहरु अब दुलेगौँडामै उपलब्ध

  • समाचारपाटी
  • बिहिबार, साउन ५, २०७९
मोटरहेड ब्राण्डका नयाँ बाईकहरु अब दुलेगौँडामै उपलब्ध

तनहुँ । मोटरहेड ब्राण्डका नयाँ बाईकहरु अब तनहुँको दुलेगौँडा बजारमा नै उपलब्ध रहेको छ । विना सर्भिसिङ सर्वाधिक दुरीमा गुडेर विश्व किर्मीमान गरेको मोटरहेड बाईकको शोरुम दुलेगौँडाका विजय थापाले सञ्चालनमा ल्याउनुभएकाे हाे । ग्रामिण क्षेत्रका लागि अति उपयुक्त
हुने मोटरहेडका बाईकले ग्राहकलाई आकर्षित गराउँदै जान थालेको सञ्चालक थापाले जानकारी दिनुभयाे ।

उहाँले अन्य बाईकको तुलनामा यो बाईक तुलनात्मक रुपमा सर्वसुलभ र टिकाउ रहेको दावि गर्नुभयाे। ‘स्कुटरको मुल्यमा त यो वाईक नै आउँछ’ थापाले भन्नुभयाे, ‘नेपालका २० शहरमध्ये दुलेगौँडामा पहिलो पटक सेवा प्रदान गरिएको हो ।’ उहाँका अनुसार यो बाईकको सात वटा
प्रकार बजारमा पाईन्छ । तीन लाखदेखि चार लाख ५० हजारसम्म मुल्य रहेका मोटरहेडका बाईकहरु यस क्षेत्रका ग्राहकहरुलाई उपयुक्त रहेको छ ।

चिनमा उत्पादन भएको यो कम्पनीका बाईकहरुको मर्मतका लागि समेत आवश्यकका सामाग्रीहरु सहजै प्राप्त गर्न सकिने भएकाले ग्राहकको रोजाईमा वृद्धी भएको हुनसक्ने सञ्चालक थापाको विश्वास छ । अधिकाँश अन्य कम्पनीका बाईक चढ्नेहरुहरुले साटफेरका
लागि आउने गरेको जानकारी दिदैँ छिट्टै ब्यवस्थापन पक्षलाई प्रभावकारी बनाएर सेवा दिने तयारी भएकाे थापाले बताउनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका