नेपालका लागि उमेश राईले रजत पदक जित्न सफल • Nepal's Trusted Digital Newspaperनेपालका लागि उमेश राईले रजत पदक जित्न सफल • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • नेपालका लागि उमेश राईले रजत पदक जित्न सफल

नेपालका लागि उमेश राईले रजत पदक जित्न सफल

  • समाचारपाटी
  • बिहिबार, साउन ५, २०७९
नेपालका लागि उमेश राईले रजत पदक जित्न सफल

नेपाली शारिरीक सुगठनका खेलाडी उमेश राईले नेपालका लागि बुधबार रजत पदक जित्न सफल हुनुभएकाे छ । उहाँले मालदिभ्समा आयोजना भएको ५४ औं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिप अन्तरगत ८० केजी तौलमा रजत पदक प्राप्त गर्न सफल भएको टोली ब्यवस्थापक एवं संघका अध्यक्ष दिनेश राजभण्डारीले बताउनुभयाे । ८ खेलाड सहभागि सो स्पर्धामा भारतका आश्विन सेठ्ठीले स्वर्ण र थाईल्याण्डका पतैवात अलकावातले कास्य पदक प्राप्त गर्नुभएकाे थियाे ।

यस अघि फिटनेस फिजिक तर्फ १७० से.मि. सम्मको प्रतिस्पर्धामा राजुराईले नेपालका लगि कास्य पदक प्राप्त गर्नुभएकाे थियाे । तीन खेलाडी सहभागिता रहेको च्याम्पियनसिपमा महिला तर्फ एथलेटिक फिजिकमा सुजिता मानन्धरले छैटौं स्थान हात पार्न सफ भएको ब्यवस्थापक एवं उपाध्यक्ष राजभण्डारीले मालदिभ्सबाट जानकारी गराउनुभएकाे थियाे ।

खेलाडीहरुको मनोबल उच्च राख्नका लागि नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेश संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले रजत पदक प्राप्त खेलाडीलाई १ लाख र कास्य पदक प्राप्त खेलाडीलाई ७५ हजार नगदले सम्मान गर्ने घोषणा गरेको समेत ब्यवस्थापक राजभण्डारीले बताउनुभयाे ।

यसै क्रममा नेपालले २०२३ मा आयोजना गर्ने ५५ औं एशियन शारिरीक सुगठन प्रतियोगिताका लागि नेपालका तर्फबाट अध्यक्ष राजेश बाबु श्रेष्ठ र एशियन फेडेरेशनका तर्फबाट दातुक पउल चुवाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयाे ।

प्रतियोगितामा भारतका एतीनदर सिंहले मि. एशियाको उपाधी जितेका थिए । नेपाली टोली शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको ब्यवस्थापक राजभण्डारीले जानकारी गराउनुभयाे ।

293784035 1109621929908148 5038770262744734115 n 294311771 733022427967277 2582526617960034973 n 294439024 1300816780447845 3043296388811957564 n 294529715 594580278908563 4062818749404691844 n 294750385 731148758162935 5926288417207502070 n

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका