पोखराको सबैभन्दा ठुलो स्पा, ट्रान्क्युलिटी स्पा सञ्चालनमा • Nepal's Trusted Digital Newspaperपोखराको सबैभन्दा ठुलो स्पा, ट्रान्क्युलिटी स्पा सञ्चालनमा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखराको सबैभन्दा ठुलो स्पा, ट्रान्क्युलिटी स्पा सञ्चालनमा

पोखराको सबैभन्दा ठुलो स्पा, ट्रान्क्युलिटी स्पा सञ्चालनमा

  • समाचारपाटी
  • बिहिबार, साउन ५, २०७९
पोखराको सबैभन्दा ठुलो स्पा, ट्रान्क्युलिटी स्पा सञ्चालनमा

पोखरा । नेपालमा मात्र नभई मलेसियामा समेत स्पा सेवा प्रदान गर्दै आएको ट्रान्क्युलिटी स्पाको सेवा पोखरास्थित चारतारे स्विस इन्टरनेसनल होटेल सरोवरमा समेत सुरु भएको छ । ट्रान्क्युलिटीले पोखरा एक दशकअघिदेखि नै सेवा प्रदान गर्दै आएको छ । पोखरा लेकसाइडस्थित १४ नम्बर स्ट्रिट मा सञ्चालनमा आएको यो स्पा पोखराकै सबैभन्दा ठुलो क्षेत्रफलमा फैलिएको स्पा हो ।

यसका सञ्चालक रनिल फैजुका अनुसार सरोवरमा सात हजार पाँच सय स्क्वायर फिट क्षेत्रफलमा सञ्चालनमा आएको छ । सेवाग्राहीले यहाँबाट मसाज थेरापी, ब्युटी थेरापी, हाइड्रो थेरापी सहित अन्य प्याकेजमा सुविधा उपलब्ध गराउनेछ । स्पासँगै सलून, साउना, स्टिम, ज्याकुजीको सेवा पनि उपलब्ध हुने उहाँले जानकारी दिनुभयाे । “हामीले सेवालाई थप आधुनिक र परिस्कृत गदै लैजानेछौँ” उहाँले भन्नुभयाे ।
ट्रान्क्युलिटी स्पाले पोखरामा बिगत १० वर्षदेखि सेवा प्रदान गर्दै आइरहेको छ । राजधानी काठमान्डौंमा करिब १५ वर्ष अगाडिबाट सेवा प्रदान गर्दै आइरहेको ट्रान्क्युलिटी स्पाको दुइवटा शाखा मलेसियामा समेत रहेकाे सञ्चालक फैजुले बताउनुभयाे ।

ट्रान्क्युलिटी स्पाले प्राकृतिक चिकित्सासँग सम्बन्धित विभिन्न आयुर्वेदिक थेरापी, एरोमा थेरापी, स्पाइनल थेरापी, शिरोधारा, सौना वाथ, स्टिम वाथ लगायत सेवा प्रदान गर्दै आइरहेको छ ।

स्पामा अन्तर्राष्ट्रियस्तरका स्पासँग सम्बन्धित सामग्री प्रयोग गरिएको हुनाले यस किसिमको सेवाले स्वस्थ समाज निर्माण गर्न सहयोग हुने उहाँले बताउनुभयाे । शारीरिक थकान, मानसिक तनाव, जिउ दुखेको, नशा खुम्चिएको, भोक नलाग्ने, निन्द्रा नलाग्ने, युरिक एसिड, ब्लडप्रेसर, मधुमेह, माइग्रेन पिनास जस्ता नसर्ने रोगहरूलाई स्पा अत्यन्त उपयोगी हुन्छ ।

यसबाहेक ब्युटी र स्पासम्बन्धि विश्वस्तरीय तालिम पनि केही दिनमा नै सुरु हुने उहाँले जानकारी दिनुभयाे । तालिममा नेपाली र विदेशी सबैले सहभागी हुन पाउनेछन ।

tranquility spa pokhara tranquility spa pokhara1 tranquility spa pokhara2 tranquility spa pokhara3 tranquility spa pokhara4 tranquility spa pokhara5

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका