नेपाली राष्ट्रिय क्रिकेट टोली नेपाल फर्कियाे • Nepal's Trusted Digital Newspaperनेपाली राष्ट्रिय क्रिकेट टोली नेपाल फर्कियाे • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपाली राष्ट्रिय क्रिकेट टोली नेपाल फर्कियाे

नेपाली राष्ट्रिय क्रिकेट टोली नेपाल फर्कियाे

  • समाचारपाटी
  • बुधबार, साउन ४, २०७९
नेपाली राष्ट्रिय क्रिकेट टोली नेपाल फर्कियाे

आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमण गरेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलवार स्वदेश फर्किएको छ ।

भ्रमण सकेर नेपाल फर्किएपछि नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले बारम्बार क्रिकेट खेलेर लिएको अनुभवलाई सदुपयो गर्न नसकेको स्वीकार गर्नुभयो । कप्तान लामिछानेले स्कटल्याण्डमा आफ्नो टोली असफल भएको र युवा टोली भएकाले अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेको बताउँदै ब्याटिङ समस्या पहिलोदेखि नै भएको र अहिले आएर दोष देखिएको बताउनु भयो । कप्तान लामिछानेले नेपाली टोलीले आफ्नो कमी कमजोरीलाई अध्ययन गरेर सुधार गर्नुपर्ने समय आएको बताउनु भयो । उता प्रशिक्षका पुबुदु दासानायकेले भ्रमण सोचे जस्तो नभएपनि अनुभवको आधारमा भने निकै सकारात्मक भएको प्रतिक्रिया दिनुभयो । टोलीमा अहिले युवा खेलाडीको बाहुल्यता भएकाले अनुभवको धेरै खाँचो रहेको उहाँको भनाइ छ । आयोजक स्कटल्याण्ड, नामिबिया र नेपाल सम्मिलित त्रिकोणात्क श्रृंखला खेलेर नेपाली टोली नेपाल फर्किएको हो । स्कटल्याण्ड भ्रमणको क्रममा नेपालले चार खेल खेलेका थियो । जस अन्तर्गत नेपाली एक खेलमा सुखद नतिजा निकाल्दा बाँकी तीन खेल गुमाएको थियो । नामिबियासँगको दुई खेलमध्ये दुवैमा नेपाल पराजित भएको थियो भने घरेलु टोलीसँगको पहिलो खेलमा नेपालले सुखद नतिजा निकाल्दा अन्तिम खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो ।

श्रृंखलामा बलिङतर्फ औसत प्रदर्शन गरेपनि ब्याटिङमा भने नेपालको खराब प्रदर्शन रहयो । तालिकामा २० खेल खेलेर १७ अंक जोडेको नेपाल छैटौं स्थानमा छ । तालिकाको शीर्षस्थानमा रहेको ओमानले लिग २ का सबै खेल खेलिसक्दा ३६ खेलबाट ४४ अंक जोडेको छ । दोस्रो स्थानको स्कटल्याण्डले २४ खेलबाट ३४, तेस्रो स्थानको संयुक्त अरब इमिरेटस (युएई) ले २२ खेलबाट २६, चौथो स्थानको अमेरिकाले २४ खेलबाट २३, पाँचौ स्थानको नामिबियाले १८ खेलबाट १८ र पुछारमा रहेको पपुवान्युगिनी (पिएनजी) ले २० खेलबाट २ अंक जोडेका छन ।

1 2 2 4 3 3 4 2 5 2 6 2

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका